default_image

2 years ago

February 9, 2023

अष्ट्रेलियाविरुद्ध भारत हाबी

1110 views

0 Bookmark

एजेन्सी – घरेलु टोली भारत अष्ट्रेलियासँग पहिलो टेस्ट खेलमा पहिलो दिन ब्याटिङ र बलिङ दुबैमा हाबी बनेको छ । स्पिनर जडेजाले सानदार बलिङ गर्दै अष्ट्रेलियालाई सस्तैमा अल आउट गर्दा भारतले ब्याटिङमा पनि राम्रो सुरुवात गरेको छ ।

पहिलो दिनको खेल सकिँदा भारत पहिलो इनिङमा एक विकेट गुमाउँदै ७७ रन बनाएको छ । भारतका ओपनर तथा कप्तान रोहित शर्मा ६९ बलमा ९ चौका र १ छक्कासहित ५६ रनमा अविजित छन् । उनलाई दोस्रो दिन रविचन्द्रन आश्विनले साथ दिनेछन् ।

पहिलो दिन खेल सकिन मात्रै ७ बल बाँकी रहँदा ओपनर लोकेश राहुल स्पिनर टोड मर्फीको बलमा २० रनमा कट एण्ड बोल्ड आउट भए । पहिलो विकेटका लागि रोहित र राहुलले ७६ रनको साझेदारी गरेका थिए । भारत १ सय रनले पछि छ ।

त्यसअघि नागपुरमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया ६३.५ ओभरमा १ सय ७७ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका शीर्षक्रमका ब्याटर मार्नस लाबुसेनले १ सय २३ बलमा ८ चौकासहित सर्वाधिक ४९ रन बनाए । प्रमुख ब्याटर स्टिभ स्मिथ १ सय ७ बलमा ७ चौकासहित ३७ रनमा आउट भए ।

दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर मोहम्मद शिराजले ओपनर उस्मान खवाजालाई एक रनमा बोल्ड आउट गरे । अर्को ओभरको पहिलो बलमा मोहम्मद शामीले डेविड वार्नरलाई एक रनमा बोल्ड गरेपछि २–२ को अवस्थामा पुगेको थियो ।

तेस्रो विकेटका लागि मार्नस लाबुसेन र स्टिभ स्मिथले ८२ रनको साझेदारी गर्दै खेल पूनरागमन गराएका थिए । तर भोजनपछि दोस्रो सेसनमा अष्ट्रेलियाले सुरुवातमै स्मिथ र लाबुसेनलाई गुमायो । त्यसपछि भने अष्ट्रेलिया ब्याटर क्रिजमा धेरै समय टिक्न सकेनन् ।

रविन्द्र जडेजाको बलमा लाबुसेन विकेटकिपर केएस भरतबाट स्टम्पिङ आउट भए । जडेजाले स्मिथलाई बोल्ड गरे । लगत्तै म्याट रेनेशलाई शून्यमा एलबीडब्लू आउट गरे । पिटर ह्यान्ड्सकम्ब ८४ बलमा ४ चौकासहित ३१ रनमा आउट भए । एलेक्स केरी ३३ बलमा ७ चौकासहित ३६ रनमा आउट भए । आश्विनले केरीलाई आउट गर्दा अष्ट्रेलिया १६२–६ को अवस्थामा पुगेको थियो ।

भारतका रविन्द्र जडेजाले २२ ओभरमा ८ मेडनराख्दै ४७ रन खर्चेर ५ विकेट लिए । रविचन्द्रन आश्विनले तीन, मोहम्मद शामी र मोहम्मदी शिराजले एक एक विकेट लिए ।

भारत र अष्ट्रेलियाबीच चार टेस्ट खेलको सिरिजको हुनेछ । भारतलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल्न कम्तिमा तीन खेल जित्नुपर्ने हुन्छ ।

अष्ट्रेलियाको फाइनल यात्रा अनौपचारिक रुपमा मात्रै बाँकी छ । यदि भारतले तीन खेल जित्न नसकेको खण्डमा श्रीलंका र दक्षिण अफ्रिका मध्य एक टोली फाइनलमा पुग्ने समिकरण छ ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.