2 years ago
February 8, 2023
एजेन्सी – भारतीय लोेकप्रिय घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफीको सेमिफाइनल खेलको पहिलो दिन मयंक अग्रवालसहित तीन ब्याटरले शतक हानेका छन् ।
पहिलो सेमिफाइनल खेलमा बंगालले मध्य प्रदेशविरुद्ध टस जितेर पहिला ब्याटिङ रोज्दै पहिलो दिन ४ विकेट गुमाउँदै ३ सय ७ रन बनाएको छ । बंगालका अनुस्तुप मजुमदारले २ सय ६ बलमा १३ चौका र १ छक्कासहित १ सय २० रन जोड्दै आउट भए ।
सुदीप कुमार घरामी २ सय १३ बलमा १२ चौका र २ छक्कासहित १ सय १२ रनमा आउट भए । सुदीप र अनुस्तुपले तेस्रो विकेटका लागि २ सय ४१ रनको साझेदारी गरेका थिए । मध्यप्रदेशका अनुभव अग्रवालले सर्वाधिक दुई विकेट लिएका छन् ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा कर्नाटकाले सौराष्ट्रविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २ सय २९ रन बनाएको छ । भारतीय क्रिकेट टोलीका ओपनर समेत रहेका कप्तान मयंक अग्रवालले २ सय ४६ बलमा ११ चौका र १ छक्कासहित १ सय १० रनको अविजित इनिङ खेलेका छन् ।
दोस्रो दिन कर्नाटका अग्रवालबाट ठूलो इनिङ चाहन्छ । रणजी ट्रफीको फाइनल १६ फेब्रुअरी देखि सुरु हुनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]