default_image

2 years ago

February 7, 2023

टि२० विश्वकप च्याम्पियन कप्तान फिन्चले लिए सन्न्यास

171 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियालाई पहिलो पटक टि२० विश्वकप उपाधि जिताउने ओपनर तथा कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । यसअघि नै टेस्ट र ओडिआई क्रिकेट छाडेका उनले टि२० क्रिकेटबाट पनि विदा लिएका छन् ।

३६ वर्षीय फिन्च अष्ट्रेलियाका सर्वाधिक सफल मध्यका एक टि२० आई ब्याटर हुन् । फिन्चको कप्तानीमा अष्ट्रेलियाले २०२१ मा न्युजिल्यान्डलाई हराउँदै उपाधि जितेको थियो । फिन्चले ५ टेस्ट, १ सय ४६ ओडिआई र १ सय ३ टि२० आई खेल खेलेका छन् । फिन्चले टि२० आईमा २ शतक र १९ अर्धशतकसहित कुल ३ हजार १ सय २० रन बनाएका छन् ।

फिन्च टि२० आई क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । फिन्चले २०१८ मा जिम्बावेविरुद्ध ७६ बलमा १० छक्का र १६ चौकासहित १ सय ७२ रनको सानदार इनिङ खेलेका थिए । फिन्चले २०१३ मा इंग्ल्यान्डविरुद्ध ६३ बलमा १ सय ५६ रनको इनिङ खेलेका थिए ।

फिन्च टि२० आई क्रिकेटमा सर्वाधिक कप्तानी गर्ने खेलाडी हुन् । फिन्चले ७६ टि२० आई खेलमा कप्तानी गर्दा ४० मा जित र ३२ मा हार व्यहोर्न पुगेका थिए । उनीपछि भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी र इंग्ल्यान्डका आरोन फिन्चले समान ७२ खेलमा कप्तानी गरेका छन् ।

फिन्चले २०२४ को विश्वकप आफूले नखेल्ने हुँदा सन्न्यास लिने उचित समय भएको बताएका छन् । मैले अर्को टि२० विश्वकप २०२४ खेल्न पाउने छैन । त्यसैले यो सहि समय मैले छाड्ने र टिमलाई योजना बनाउन सहयोग मिल्नेछ, फिन्चले सन्न्यास लिँदै भने ।

२०११ देखि अष्ट्रेलियाबाट खेल्दै आएका उनले ओडिआईमा १७ र टि२० आईमा दुई शतक गरि कुल ८ हजार ८ सय ४ रन अन्तर्राष्ट्रिय रन बनाएका छन् । २०१५ मा अष्ट्रेलियाले ओडिआई विश्वकप जित्दा फिन्च टोलीका सदस्य थिए । २०१८ मा स्टिभ स्मिथलाई बल टेम्परिङ आरोप लागेपछि सिमित ओभरको कप्तानी फिन्चले पाएका थिए । २०१९ को एकदिवसीय विश्वकपमा सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो ।

September 8, 2024

श्रीलंकाका सिल्भा र मेन्डिसको अर्धशतक

एजेन्सी – कप्तान ओली पोपको शतक बनाए पनि अन्य ब्याटर चल्न नसक्दा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्ड पहिलो इनिङमा ३ सय २५ रनमा अलआउट भएको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीका लागि यो सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ सय ५६ बलमा १ सय ५४ […]

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

Success

Thank you for your time.