default_image

2 years ago

February 6, 2023

सन्दीपलाई टोलीमा राख्नेबारे यसो भन्छन् प्रशिक्षक देशाइ

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले स्पिनर सन्दीप लामिछानेलाई टोलीमा समावेश गर्नेबारे आफ्नो सकारात्मक धारणा व्यक्त गरेका छन् ।

सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले देशाइको नियुक्तिबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको थियो । उक्त कार्यक्रममा देशाइले सन्दीपबारे उठेका प्रश्नको जवाफ दिएका थिए । उनले क्रिकेटसँग जोडिएर जवाफ दिँदै सन्दीप टोलीमा रहनेबारे सकारात्मक उत्तर दिए ।

टोलीमा सन्दीपको आगमनले कुनै असर पर्छ वा पर्दैन भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘जीवनमा उतारचढाव हुनु स्वभाविक हो । हामीले अहिले बाहिरको हल्लाले ड्रेसिङ रुममा असर गर्न दिनु हुँदैन । म एक खुसी टोली देख्न चाहन्छु । हो यसक्रममा केहि कठिन छलफल हुन जरुरि छ र म त्यसमा सहभागी हुन्छु । मैले टोली कुन अवस्थाबाट गुज्रिरहेको बुझेको छु । र यसमा हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ ।’

देशाइलाई सन्दीपलाई टोलीमा समावेश गर्ने निर्णयबारे सोधिएको प्रश्नमा उनको जवाफ यस्तो थियो, ‘म क्रिकेट बुझ्छु । म क्रिकेटको भाषामा के गर्न भन्नेमा प्रष्ट छु । मलाई लाग्छ तपाईं कुनै यात्रा गर्नु पर्दा कानुनीरुपमा र व्यावसायिक रुपमा सही ठाउँमा रहन जरुरी छ । प्रशिक्षण सुरु भएको पहिलो दिनदेखि अहिलेसम्म आइपुग्दा राम्रो प्रणाली पालना गरेको विश्वास छ । अहिलेको अवस्थामा हामीसँग एक टोली निर्माण भएको छ । अहिले मसँग जुन टोली छ, त्यसबाट म खुसी छु । म निरन्तर टोलीको समीकरण नियालिरहेको छु र अहिलेको अवस्था हेर्दा सन्दीप टोलीमा रहनेछन् ।’

प्रशिक्षणमा सहभागी सन्दीपको फिटनेसबारे देशाइले यसो भने, ‘सन्दीपको फिटनेसको कुरा गर्नुपर्दा पहिलो दिन उनी प्रशिक्षणमा समावेश हुँदा कसरी अघि बढ्ने भन्नेमा ध्यान दिएका थियौं । मैदानभित्र उनी आफ्नो जिम्मेवारी र खेल्ने शैलीमा राम्रो अवस्थामा थिए । टोलीमा भिज्दै जाँदा टोलीबाट पनि राम्रो साथ पाए । प्रशिक्षणमा उनी दिन प्रतिदिन आफ्नो भूमिकामा राम्रो गरिरहेका छन्, त्यो हो राम्रो बलिङ गर्ने ।’

देशाइको पूर्ण भनाइ यसप्रकार छ :

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.