default_image

2 years ago

February 4, 2023

पर्थलाई बिग ब्यास लिगको उपाधि

233 views

0 Bookmark

एजेन्सी – पर्थ स्कोचर्सले बिग ब्यास लिग २०२२/२३ को फाइनलमा ब्रिसबेन हिटलाई ५ विकेटले हराउँदै पाँचौं पटक उपाधि जितेको छ । जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको पर्थले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

पर्थको जितमा कप्तान एश्टन टर्नरले ३२ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५३ रन बनाए । १९ वर्षीय कुपर कोन्नोलीले ११ बलमा १ चौका र २ छक्कासहित २५ रनमा अविजित रहँदै जित पक्का गराए । हिटका जेभियर बार्टलेट, स्पेन्सर जोनसन र म्याथ्यु कुहनेमनले एक एक विकेट लिए ।

त्यसअघि पर्थ स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको ब्रिसबेन हिटले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । ब्रिसबेनका नाथन म्याकस्वीनीले ३७ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए । साम हेजलेट ३४,जोश ब्राउन २५ र म्याक्स ब्रायन्ट ३१ रनमा आउट भए ।

पर्थको जेसन बेहरनडोफ र म्याथ्यु केलीले दुई दुई विकेट लिए । पर्थले लगातार दोस्रो पटक उपाधि जितेको हो । समग्रमा पर्थले बिग ब्यासको उपाधि जितेको पाचौं पटक हो ।

एडिलेड स्ट्राइकर्सका म्याथ्यु सर्ट प्रतियोगिता प्लेयर अफ द टुनामेन्ट चुनिए । सर्टले १४ खेलमा १ मा शतक र २ अर्धशतकसहित ४ सय ५८ रन बनाएका थिए ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.