2 years ago
February 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर प्रतिश जि.सी. र पूर्वकप्तान सन्दीप लामिछाने नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा जोडिएका छन् । दुई सातापछि घरेलु मैदान टियुमा हुने आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग दोस्रो चरणको प्रशिक्षणमा नेपालले सन्दीप र प्रतिशलाई थपेको हो ।
पहिलो चरणको प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । बलात्कार आरोप लागेका पूर्व कप्तान सन्दीप लामिछानेलाई क्यानले प्रशिक्षणमा सामेल गर्ने निर्णय लिएको हो । यता प्रतिश जि.सीले घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् ।
नेपाल टि२० लिगमा प्रतिशले पोखरा एभेन्जर्सबाट खेल्दै बलिङ र ब्याटिङ दुबै उत्कृष्ट प्रदर्शन गरेका थिए । बायाँ हाते तीव्र गतिका बलर प्रतिश तल्लोक्रममा ठूला सट खेल्ने गर्दछन् । बागमातीबाट घरेलु क्रिकेट खेल्ने प्रतिशले नेपालको यू१६ र यू१९ टोली खेलि सकेका छन् । पछिल्लो नेपालले नामिबिया भ्रमण गर्दा प्रतिश अन्तिम १८ मा टोलीमा थिए ।
मुख्य प्रशिक्षक मोन्टी देशाई शनिबार नेपाल आएका थिए । आइतबार देखि प्रशिक्षण थालेका थिए ।
नेपालले पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।
नेपाल २४ खेलमा ८ मा जितसहित १८ अंक जोड्दै छैटौं स्थानमा छ । नेपालले अब विश्वकप लिग २ मा १२ खेल खेल्न बाँकी छ । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नु पर्ने हुन्छ । शीर्ष तीनमा रहँदै सोझै एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पुरै खेल जित्नुपर्ने हुन्छ ।
नेपालको टोली :
कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जि.सी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]