default_image

2 years ago

February 2, 2023

आर्चरको ६ विकेटसँगै इंग्ल्यान्ड विजयी

49 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर जोफ्रा आर्चरको ६ विकेट, कप्तान जस बटलर र डेविड मलानको सानदार शतकमा इंग्ल्यान्डले तेस्रो तथा अन्तिम ओडिआई खेलमा दक्षिण अफ्रिकालाई ५९ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज दक्षिण अफ्रिकाले २-१ ले जितेको छ ।

जितको लागि ३ सय ४७ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४३.१ ओभरमा २ सय ८७ रनमा अल आउट भयो । दक्षिण अफ्रिका विकेटकिपर हेनरिक क्लासेन ६२ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ८० रनमा आउट भए । रिजा हेन्डिक्स ६१ बलमा ६ चौकासहित ५२, कप्तान टेम्बा बभुमा ३५, रास्सी भान डर डुसेन ५ र एडेन माक्ररम ३९ रनमा आउट भए ।

डेविड मिलर १३, मार्को यानसन १२ र वेन पार्नेलले ३४ रन जोडे । इंग्ल्यान्डका जोफ्रा आर्चरले ९.१ ओभरमा १ मेडनसहित ४० रन खर्चेर ६ विकेट लिए । आदिल राशिदले १० ओभरमा ६८ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि डाइमन्ड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४६ रन बनाएको थियो । इंग्ल्यान्डको जितमा कप्तान जस बटलरले १ सय २७ बलमा ६ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३१ रनको शानदार शतकीय इनिङ खेले । बटलरको यो ओडिआई करिअरको ११ औं शतक हो ।

डेविड मलान १ सय १४ बलमा ७ चौका र ६ छक्कासहित १ सय १८ रनमा आउट भए । मलानको ओडिआई करिअरको तेस्रो शतक हो । इंग्ल्यान्डको सुरुवात भने सम्झन लायक थिएन । एक समय १४–३ को खराब अवस्थामा पुगेको इंग्ल्यान्डलाई जस बटलर र डेविड मलानले २ सय ११ बलमा २ सय ३२ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै यादगार पूनरागमन गराएका थिए ।

तीव्र गतिका बलर लुन्गी एनगिडीले ओपनर जेसन रोयलाई एक, बेन डकेटलाई डक र ह्यारी ब्रुकलाई ६ रनमा पेभेलिएन पठाएका थिए । तर त्यसपछि मलान र बटलरले खेलमा राज गर्दै विशाल योगफलको आधार तय गरेका थिए । मोईन अली २३ बलमा २ चौका र ४ छक्कासहित ४१ रनमा आउट भए । साम करन र आदिल राशिदले ११(११ रन बनाए ।

दक्षिण अफ्रिका तीव्र गतिका बलर लुन्गी एनगिडीले १० ओभरमा ६२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मार्को यानसनले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । सुरुवाती दुई खेल जित्दै दक्षिण अफ्रिकाले एक खेल अगावै सिरिज जितेको थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.