default_image

2 years ago

February 2, 2023

सन्दीपले नेपालबाट खेल्न पाउलान् ? यस्तो छ प्रमुख छनोटकर्ताको जवाफ

400 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य छनोटकर्ता दिपेन्द्र चौधरीले क्रिकेटर सन्दीप लामिछाने टोलीमा फर्कने बारे आफ्नो धारण प्रस्तुत गरेका छन् ।

‘हामीले अहिलेसम्म टोलीको अन्तिम छनोट गरेका छैनौं । २८ जनाको प्रारम्भिक टोलीमा उनी थिएनन् । हामी आग्रह गरेर क्याम्पमा ल्याउँछौं । त्यसपछि फिजियो, ट्रेनर र प्रशिक्षकले उनलाई हेर्छन् । त्यो मेरो पार्ट पनि होईन । वहाँहरुले खेल्न तयार छ भने हामी खेलाउँछौं’, दीपेन्द्र चौधरीले हाम्रो खेलकुदसँग भने ।

‘क्यान र हामी खेलाउन सकरात्मक छौं । तर केहि प्रोटोकल पनि छन् । टिममा राख्ने नराख्ने । क्यानले आफ्नो काम गर्नुभयो । मेरो काम उसलाई क्याम्पमा राख्ने हो । त्यसपछि फिजियो, ट्रेनर र प्रशिक्षक छन् । वहाँ तीन जनाले के छ उसको हेर्नुहुन्छ । त्यसपछि ११ मा आउने, १४ मा आउने वा कप्तान बनाउने । के हुन्छ हामी स्टेप वाइ स्पेप फलो गर्छौं’, चौधरीले सन्दीप टोलीमा फर्कने बारे स्पष्ट पारे ।

क्यानले निलम्बन फुकुवा गरेपछि आफ्नो लागि सहज भएको बताए । ‘क्यानको फुकुवापछि हामीहरुलाई पनि धेरै सहज भयो । सायद आगमी दिनमै क्याम्पमा जोडिन्छ होला । फिटनेस, फर्म र खेल्न सक्छ वा सक्दैन हेर्न मिल्छ । अहिले सम्म क्याम्पमा छैैन । एउटा चिठ्ठी आएपछि हामी क्याम्पमा राख्न आग्रह गछौं । क्यानले के जवाफ पठाउँछ’, उनले भने ।

सन्दीपले बुधबार प्रशिक्षक मोन्टी देशाईसँग मैदानमा भेटेर आफ्नो राय राखेको पनि बुझिएको छ । देशाईले पनि आफ्नो विचार बताएका थिए । भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन ।

असोज २० मा पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो । सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाटनले सन्दीपलाई विदेश जाने भने रोक लगाएको छ । तर क्रिकेट खेल्न पाउने वा नपाउने कुनै जानकारी दिएको छैन ।

यता क्यानले भने आफूहरुले अनुशासनको कारण लगाएको निलम्बन फुकुवा गरेको बताउँदै आएको छ । क्यानले सन्दीप खेल्ने वा नखेल्ने छनोटकर्ता, फिजियो, ट्रेनर र प्रशिक्षकमा भर पर्ने बताउँदै आएको छ ।

नेपालले पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.