2 years ago
February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले नेपालमा हुने अन्तर्राष्ट्रिय खेल खेल्ने उच्च सम्भावना भएको छ । पोखरामा बसेको बोर्ड बैठकले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गरेसँगै उनलाई नेपाली टोलीमा फर्काउन खोजेको छ ।
बोडै बैठकका एक सदस्यका अनुसार सन्दीपको स्वास्थ्य अवस्था ठिक भएमा उनी नेपालमा हुने सबै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने निर्णय भएको छ।
‘सन्दीपले अव हुने सिरिज खेल्छन् । नेपालमा हुने सबै खेल खेल्छन् । एक पटक फिटनेश परिक्षण हुन्छ । त्यहाँ ठिक भएपछि सबै नेपालमा हुने खेलहरु खेल्नछन्’, स्रोतले हाम्रो खेलकुदलाई भन्यो ।
नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डसँग दुई सातापछि खेल्दैछ । त्यसपछि नेपालले युएईमा गएर विश्वकप लिग-२ अन्तर्गत नै फेब्रुअरी २७ देखि ६ मार्च सम्म युएई र पपुवा न्युगिनीसँग खेल्नेछ । सन्दीपले त्यो सिरिज भने खेल्न पाउने छैनन् । उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान भने रोक लगाएको छ ।
त्यसपछि युएई र पपुवा न्युगिनीसँग ९ मार्चदेखि १६ सम्म टियु मैदानमा विश्वकप लिग २ को अन्तिम खेल खेल्नेछ । नेपालले अप्रिलमा एसिसी प्रिमियर कप आयोजना गर्दै छ । काठमाडौंमा सन्दीपको मुद्धा कायमै भएपनि क्यानले भने सिनियर टोलीमा फर्काउने निर्णय गरेको छ।
सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर सन्दीप दोषी हुन् वा होइनन् भन्ने निर्णय जिल्ला अदालत काठमाडौंले दिएको छैन ।
सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन । तर सन्दीप पक्षका कानुनी व्यावसायीले उनलाई टोलीमा राख्नुपर्ने माग गरेका छन् । तर उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा मंगलबार निवेदन दिएको छ । केहि कानुनी व्यावसायी भने सन्दीपले खेल्न नपाउने तर्क राख्दै आएका छन् ।
भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् । सन्दीपले असोज २० मा त्रिभुवन विमानस्थलबाट आत्मसमर्पण गरेका थिए । सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो ।
सन्दीपले अन्तिम पटक केन्या भ्रमणमा खेल खेलेका थिए । सन्दीपले अन्तिम पटक नेपालबाट भदौं ३० मा केन्यासँग पाँचौं तथा अन्तिम टि२० आई खेल खेलेका थिए । त्यसपछि सन्दीप क्वारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज पुगेका थिए । तर बलात्कार आरोप लागेपछि उनलाई जमैका तलवाजले टोलीबाट हटाएको थियो ।
असोज २० मा पक्राउ परेपछि सन्दीप गत पुष २९ मा मात्रै थुनाबाट छुटेका थिए । सन्दीपले बलात्कार आरोप लागेपछि कुनैपनि किकेट खेल खेलेका छैनन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]