2 years ago
February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । नेपाल टि२० लिगमा विवाद, फिक्सिङ, समयमै खेलाडीले पैसा नपाएको कारण चौतर्फी आलोचना तथा असफलतापछि मल्लले पोखरामा भएको बोर्ड बैठकमा मंगलबार राजीनामा दिएका हुन् ।
केन्द्रिय सदस्य दुर्गाराज पाठकले कार्यवाहक सचिवको जिम्मेवारी पाएका छन् । प्रशान्त नेपाल टि२० लिगका गर्भनिङ काउन्सिका अध्यक्ष समते थिए । मंगलबार बोर्ड बैठकमा प्रशान्तले राजीनामा बुझाएका थिए । मल्ल २०७६ असोज ११ मा क्यानको निर्वाचनबाट केन्द्रिय सदस्यमा नियुक्त भएका थिए ।
गतवर्ष सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि उक्त पदको जिम्मेवारी पाएका थिए । प्रशान्त नेपाल टि२० लिगका गर्भनिङ काउन्सिका अध्यक्ष समेत थिए । क्यानले नेपाल टि२० लिगको कर्मसियल तथा रणनीतिक साझेदारको रुपमा ८ वर्षको लागि ३३ करोड नेपाली रुपैयाँमा बेचेको थियो ।
तर सेभेन थ्री स्पोट्र्सका संस्थापक जति अहलूवालियाबीचमै छाडेर भारत भागेका थिए । मंगलबार सेभेन थ्री स्पोर्ट्सले क्यानसँग सम्झौता तोडेको जनाएको छ । क्यानले खारेज गर्न वार्षिक साधरण सभामा लैजानी निर्णय गरेको छ ।
त्यस्तै बोर्ड बैठकले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । सन्दीपलाई क्यानले असोज २३ मा निलम्बन गरेको थियो । सन्दीपको मुद्धा भने जिल्ला अदालत काठमाडौंमा अझै टुङ्गो लागेको छैन ।
क्यानकै ६ केन्द्रीय सदस्यले नेपाल टि२० लिगमा भएका विविध गल्तीको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउँदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएर बैठक छाडेका थिए ।
केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गर्दै बोर्ड बैठक छाडेका थिए । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले नेपाल टि२० लिगमा १० जना स्पट फिक्सिङमा संलग्न रहेको बताएको छ ।
जसमा एक नेपाली र एक विदेशी खेलाडी थिए । नेपाली खेलाडी आदिल आलमलाई प्रहरीले प्रकाउ गरि मुद्धा अघि बढाएको छ । खेलाडीलाई फिक्सिङको प्रस्ताव गर्ने पूर्व क्रिकेटर महबुब आलम पनि प्रकाउ परि सकेका छन् ।
January 14, 2025
धनगढी (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले हरायो। फाप्ला क्रिकेट मैदानमा १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो । कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी पुरुष एलिट कपको फाइनलको पहिलो दिन मंगलवार खराब मौसमको कारण १७ ओभरको खेल मात्र सम्भव भएको छ। वीरगंजमा मौसमले प्रभाव पारेको खेलमा नेपाल पुलिस क्लबले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनायो। उसका लागि कुशल भुर्तेलले पहिलो दिन अविजित अर्धशतकीय पारी खेले। मौसमको लारण टस ढिला भयो। टस जितेको […]
January 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा सन्दीप लामिछानेसहिय ७ खेलाडी विक्री भएनन् । लाहोरमा सोमवार भएको अक्सनमा कुनै पनि नेपाली खेलाडीलाई लिन टोलीहरुले चासो देखाएनन् । सन्दीपले डायमन्ड तथा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी सिल्भर क्याटागोरीमा समावेश थिए। गत संस्करणमा पनि नेपाली खेलाडीलाई पिएसएलका […]