8 years ago
December 29, 2016
सातौं राष्ट्रिय खेलकुद
विराटनगर (हाम्रो खेलकुद)– एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मीबीच सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । बैजनाथपुरको खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एपिएफले मध्यमाञ्चललाई र सागर पुन र अनिल को अर्धशतकको मद्दतमा आार्मीले नेपाल पुलिस क्लबलाई ८ विकेटले हरउाँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनल टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ६१ रनको योगफल तयार पारेको थियो । टोलीका लागि हरिशंकर साहले २१ रन बनाए । एपिएफका करण केसी र बसन्त रेग्मीले समान २ तथा शक्ति गौचन, कप्तान पारस खड्का, यज्ञमान कमाल र भुवन कार्कीले समान १ विकेट लिए ।
जवाफमा ६२ रनको लक्ष्य पछ्याएको एपिएफले ९.३ ओभरमा २ विकेट गुमाई लक्ष्य प्राप्त गरेको थियो । प्रदीप ऐरीले २४ बलमा ४ चौकासहित अविजित ३३ रन, पृथु बाँस्कोटाले अविजित रहन बनाएका थिए । मध्यमाञ्चलका रशिद खानले २ विकेट लिए ।
दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय ४४ रन बनाएको थियो । प्रेम तामाङले ३७ बलमा ४ चौका प्रहार गरी ३५ रन र दिलिप नाथले २५ बलमा १ छक्का र ३ चौका प्रहार गरी ३२ रन बनाए । आर्मीका सोमपाल कामीले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए । विक्रम सोव र चन्द्र साउदले समान २ विकेट लिए ।
१ सय ४५ रनको लक्ष्य पछ्याएको आर्मीले १८.३ ओभरमा २ विकेट गुमाई जित हात पा¥यो । टोलीका सागर पुनले ४८ बलमा १ छक्का र ७ चौका प्रहार गरी ५९ रन र अनिल मण्डलले ५४ बलमा ६ चौका प्रहार गरी नटआउट ६२ रन बनाए । पुलिसका मन्जित श्रेष्ठ र दिपेन्द्र ऐरीले समान १ विकेट लिए ।
February 22, 2025
एजेन्सी – अस्ट्रेलियाले इङ्ल्याण्ड विरुद्धको च्याम्पियन्स ट्रफीमा टस जितेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा टस जितेर अस्ट्रेलियाले इङ्ल्याण्डलाई पहिला ब्याटिङको लागि आमन्त्रण गरेको छ। यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ । अस्ट्रेलिया सन् २००६ को पाँचौ […]
February 22, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को पहिलो राउन्डको अन्तिम खेलमा अस्ट्रेलिया र इङ्ग्ल्याण्ड भिड्दै छन् । पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण […]
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]