2 years ago
January 27, 2023
एजेन्सी – न्युजिल्यान्डले पहिलो टि२० आई खेलमा घरेलु टोली भारतमाथि २१ रनको सहज जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा न्युजिल्यान्डले १–० को अग्रता लिएको छ ।
जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । भारतका तल्लोक्रमका ब्याटर वासिन्टन सुन्दरले २८ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाएपनि टोलीको हार भने टार्न सकेनन् । सुन्दरको यो पहिलो टि२० अर्धशतक हो ।
सूर्यकुमार यादवले ३४ बलमा ६ चौका र २ छक्कासहित ४७ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन भने गर्न सकेनन् । भारत एक समय १५–३ निकै कमजोर अवस्थामा थियो । हार्दिक र सूर्यले चौथो विकेटका लागि ५१ बलमा ६८ रनको साझेदारी गर्दै जितको आशा बढाएका थिए । तर सूर्य स्पिनर ईश सोधीको १२ औं ओभरको चौथो बलमा फिन एलेनबाट लङअनमा क्याच आउट हुनु घातक बन्यो ।
ओपनर ईशान किशनलाई स्पिनर माइकल ब्रेसवेलले ४ रनमा बोल्ड गरे । ब्रेसवेलको टर्न बल रिड गर्न नसक्दा बोल्ड भएका थिए । जेकोब डफीको बलमा एज लागेर राहुल त्रिपाठी विकेटकिपर डेभन कन्वेबाट शून्यमा क्याच आउट भए ।
स्पिनर मिचेल सान्टनरको टर्न बलमा शुभमन गिल पुल सट खेल्न खोजेपनि एज लागेर ४ रनमा क्याच आउट भएपछि १५–३ को अवस्थामा पुगेको थियो । कप्तान हार्दिक पान्ड्या २१, दीपक हुडा १०, शिवम माभी २ र कुलदीप यादव शून्यमा आउट भए ।
न्युजिल्यान्डका माइकल ब्रेसवेलले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । मिचेल सान्टनारले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर २ विकेट लिए । लोकी फर्गुसनले ४ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर १ विकेट लिए । जकोब डफी र ईश सोधीले एक एक विकेट लिए ।
त्यसअघि राँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । न्युजिल्यान्डका लागि मध्यक्रमका ब्याटर डर्याल मिचेल ३० बलमा ३ चौका र ५ छक्कासहित ५९ रनको अविजित इनिङ खेलेका थिए । जसक्रममा २६ बलमा अर्धशतक पूरा गरेका थिए ।
उनले अन्तिम ओभरको सुरुवाती तीन बलमा तीव्र गतिका बलर अर्शदीप सिंहलाई लगातार तीन छक्का हानेका थिए । जसमध्य पहिलो बल नो फ्याँलेका थिए ।
लगातार तीन छक्कापछि त्यसपछिको बलमा चौका हानेका थिए । अन्तिम ओभरको सुरुवाती तीन बलमा मात्रै २३ रन जोडेको थियो । अन्तिम ओभरमा २७ रन बनाएपछि चुनौतीपूर्ण योगफल खडा गर्नुको साथै मोमेन्ट पुरै आप्नो पक्षमा पारेको थियो । ओपनर डेभन कन्वे ३५ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनमा आउट भए । न्युजिल्यान्डलाई युवा ओपनर फिन एलेनले आक्रामक सुरुवात दिलाए ।
एलेन २३ बलमा ४ चौका र २ छक्कासहित ३५ रनमा क्याच आउट भए । वासिन्टन सुन्दरले एकै ओभरमा दुई विकेट लिएपछि न्युजिल्यान्ड केहि समस्यमा परेको थियो । ग्लेन फिलिप्स २२ बलमा १ चौकासहित १७ रनमा आउट भए । तेस्रो विकेटका लागि ग्लेन फिलिप्स र कन्वेले ६० रनको साझेदारी गरेका थिए ।
भारतका वासिन्टन सुन्दरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ५ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । शिवम माभी र कुलदीप यादवले एक एक विकेट लिए । दोस्रो खेल आइतबार लखनउमा हुनेछ ।
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]