2 years ago
January 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना घरेलु मैदान टियुमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि बन्द प्रशिक्षणमा २८ सदस्यीय टोली घोषणा गरेको छ । बन्द प्रशिक्षणमा तीन खेलाडीले पहिलो पटक स्थान बनाएका छन् ।
युवा स्पिनर सूर्य तामाङ, मौैसम ढकाल र ब्याटर अंकित सुवेदी पहिलो पटक नेपाली टोलीको प्रशिक्षणमा परेका हुन् । छनोट समितिले गत कार्तिकमा भएको प्रधानमन्त्री कपको प्रदर्शनलाई आधार मान्दै प्रशिक्षणमा बोलाएको छ । पहिलो पटक नेपाली टोलीको प्रशिक्षणमा परेका तीन खेलाडीको छोटकरीमा जानकारी यस प्रकार छ ।
सूर्य तामाङ – स्पिनर
२१ वर्षीय बायाँ हाते स्पिनर सूर्य तामाङ पहिलो पटक बन्द प्रशिक्षणमा परेका हुन् । सूर्यले दुई साताअघि नेपाल टि२० लिगमा सानदार प्रदर्शन गरेका थिए । विराटनगर सुपर किंग्सलाई फाइनलसम्म पुर्याउन सूर्यले उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी चुनिएका थिए ।
सूर्यले ८ खेलमा ४.३५ को इकोनीमा रन खर्चिदै १२ विकेट लिएका थिए । सूर्यले घरेलु क्रिकेट भने बागमती प्रदेशबाट खेल्ने गर्दछन् । नेपाली यू-१९ टोलीबाट खेलिसकेका सूर्यले प्रधानमन्त्री कपमा ५ विकेट लिएका थिए । त्यसअघिको प्रधानमन्त्री कपमा भने सूर्य नेपाल एपिएफ क्लबमा थिए । एपिएफमा मौका नपाएपछि उनी पुन: बागमती फर्किएका थिए ।
मौसम ढकाल – लेगस्पिनर
लेगस्पिनर मौसम ढकाल पनि पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा परेका छन् । एपिएफलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गर्नेक्रममा मौसमले ६ खेलमा १५ विकेट लिँदै शीर्ष स्थानमा रहेका थिए । २२ वर्षीय मौसमले नेपाल टि२० लिगमा दुई खेलमा दुई विकेट लिएका थिए ।
त्यसअघि भने उनले घरेलु क्रिकेट खेल्ने खासै मौका पाएका थिएनन् । २०१९ देखि नेपाल एपिएफ क्लबको बेन्चमा रहँदै आएका थिए । यो पटक स्पिनर बसन्त रेग्मी नभएपछि उनले खेल्ने अवसर पाएका थिए । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेको हुँदा प्रशिक्षणमा बोलाएको हो ।
अंकित सुवेदी– ब्याटर
प्रदेश एकका ओपनर अंकित सुवेदी पनि पहिलो पटक प्रशिक्षणमा परेका हुन् । प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गर्नेक्रममा ४ खेलमा १ सय ८६ रन बनाएका थिए । बागमती प्रदेशलाई ६९ रनले हराउन अंकितले १ सय ३४ बलमा १२ चौका र १ छक्कासहित १ सय १० रनको शतकीय इनिङ खेलेका थिए ।
यस्तै लुम्बिनी प्रदेशविरुद्ध ५२ रन जोडेका थिए । नेपाल टि२० लिगमा भने उनलाई कुनैपनि टोलीले किनेको थिएन । प्रदेश एकबाट घरेलु क्रिकेट खेल्ने अंकितको यस अघि भने राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]