2 years ago
January 26, 2023
एजेन्सी – अलराउन्डर रविन्द्र जडेजाले भारतीय टोलीमा फर्किनु अघि घरेलु क्रिकेट रणजी ट्रफीमा सानदार बलिङ प्रदर्शन गरेका छन् । जडेजाले एकै इनिङमा ७ विकेट लिदै भारतीय टोलीमा उत्कृष्ट पूनरागमनको सम्भावना देखाएका छन् ।
जडेजाले तामिल नाडुविरुद्ध सौराष्ट्रबाट उक्त प्रदर्शन गरेका हुन् । तामिल नाडु दोस्रो इनिङमा १ सय ३३ रनमा अल आउट भयो । सस्तैमा अल आउट गर्न जडेजाले १७.१ ओभरमा ३ मेडन राख्दै ५३ रन खर्चेर ७ विकेट लिए ।
जडेजाले भारतीय टोलीबाट खेलि सकेका विजय शंकर, सन्दीप वारिवारसँगै घरेलु क्रिकेटमा लगातार उच्च प्रदर्शन गर्दै आएका साई सुदर्शन, नारायण जगदीशन लगायत ७ खेलाडीलाई आउट गरेका थिए ।
सौराष्ट्रले २ सय ६६ रनको विजयी लक्ष्य पछ्याउँदा तेस्रो दिनको समाप्तिमा ४–१ को अवस्थामा छ । चोटका कारण पाँच महिनापछि मैदान फर्किएका जडेजाले भारतीय टोलीबाट खेल्नुअघि सानदार प्रदर्शन गरेका हुन् । जडेजाले पछिल्लो पटक अन्तिम खेल टि२० एसिया कपमा पाकिस्तानविरुद्ध खेलेका थिए । खुट्टाको घुँडामा चोट लागेपछि जडेजाले एसिया कप हुँदै टि२० विश्वकप गुमाउनु परेको थियो ।
जडेजा अष्ट्रेलियासँग हुने चार टेस्ट खेलको सिरिजबाट पूनरागमन गर्नेछन् । भारतले उक्त चार खेल मध्य सुरुवाती दुई टेस्टको लागि टोली घोषणा गर्दा जडेजा पनि टोलीमा छन् । भारत र अष्ट्रेलियाबीचको पहिलो टेस्ट खेल ९ देखि १३ फेब्रुअरी सम्म नागपुरमा हुनेछ ।
दोस्रो टेस्ट खेल १७ देखि २१ फेब्रुअरीसम्म दिल्लीमा हुनेछ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ को फाइनल खेल्न भारतलाई तीन खेल जित्नु पर्ने हुन्छ । प्रमुख खेलाडी जडेजा टोलीमा फर्किदा भारतलाई धेरै फाइदा पुग्नेछ ।
April 10, 2025
एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ । के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]
April 10, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्। बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो। फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । देउखुरीमा खेल्न नसक्ने […]