2 years ago
January 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले हङकङमा हुने दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल टि२० प्रतियोगिता खेल्ने भएकी छिन् । रुविनालाई द बर्मी आर्मीले रिटेन गरेको छ । गतवर्ष रुविनाले द बर्मी आर्मीबाट नै खेलेकी थिइन् ।
द बर्मी आर्मीले २०२३ को टोली घोषणा गर्दा रुविनालाई पनि टोलीमा राखेको छ । रुविनाले दुई खेल मात्रै खेल्ने अवसर पाएकी थिइन् । उनले ब्याटिङमा कुनैपनि मौका नपाउँदा बलिङमा एक इनिङमा २ ओभर बलिङ गर्दै २० रन खर्चेकी थिईन् ।
अर्की अनुभवी खेलाडी सीता रानामगरलाई भने तीन महिना अघिनै टोर्नाडोस वुमेन्सले रिटेन गरेको थियो । सीता सम्मिलित टोर्नाडोसले गत वर्ष दुबईमा भएको फाइनलमा फाल्कोन्स वुमन्सलाई ८ विकेटले हराउँदै टोर्नाडोस च्याम्पियन बनेको हो ।
त्यस प्रतियोगितामा सीताले ७ खेलमा ४ विकेट लिँदा २२ रन बनाएकी थिइन् । त्यस समय सीताले गरेको ‘पुष्पा’ सेलेब्रेसनले पनि निकै चर्चा पाएको थियो । प्रतियोगिता आगमी अप्रिल ३ देखि १६ अप्रिल सम्म हुनेछ ।
रुविना र सीता नेपाली महिला क्रिकेटका दुई सर्वाधिक सफल खेलाडी हुन् । रुविनाले घरेलु क्रिकेट प्रदेश एक र सीताले नेपाल एपिएफ क्लबको कप्तानी गर्दै आएकी छिन् । घरेलु क्रिकेटमा शीर्षक्रममा ब्याटिङ गर्ने यी दुबै ब्याटर स्पिन बलिङ गर्ने गर्दछन् । त्यस्तै नेपाली टोलीमा भने सीताले ओपनिङ र रुविनाले मध्यक्रममा खेल्ने गर्दछिन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]