default_image

2 years ago

January 19, 2023

राशिदसँग मार्कोले लिए आइपिएलको बदला

258 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका तीव्र गतिका बलर मार्को यानसनले अफगानिस्तानका स्पिनर राशिद खानसँग गत वर्ष आइपिएलमा खाएको छक्का वर्षाको बदला लिएका छन् । दक्षिण अफ्रिकामा जारी एसए टि२० क्रिकेट प्रतियोगितामा सनराइजर्स इस्टर्न केपले एमआई केप टाउनलाई दुई विकेटले पराजित गर्दा यान्सनले पुरानो पिडाको बदला लिएका हुन् ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको इस्टर्न केप टाउनले १९.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि मार्को यानसनले २७ बलमा ३ चौका र ७ छक्कासहित ६६ रनको विष्फोटक इनिङ खेले । उनले राशिद खानलाई १६ औं ओभरमा चार छक्का र एक चौकासहित २८ रन बटुलेका थिए ।

गतवर्ष इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादका यानसनलाई गुजरात टाइटन्सका राशिद खानलाई तीन छक्का हान्दै रोमान्चक जित दिलाएका थिए । जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको गुजरातलाई जिताउन राशिद खानले अन्तिम ओभरमा यानसनलाई दोस्रो, पाँचौं र अन्तिम बलमा छक्का हानेका थिए । उक्त आइपिएलको बदला यानसनले घरेलु मैदानमा लिएका छन् ।

आइपिएलकै फ्रेन्चाइज टोली सनराइजर्स हैदराबादको लगानी भएको सनराइजर्स इस्टर्न केपलाई जिताउन यानसनले सानदार प्रदर्शन गरे । एमआई केप टाउन भने मुम्बई इन्डियन्सको लगानी भएको टोली हो । एसए टि२० कपमा आइपिएलका ६ फ्रेन्चाइज टोलीको लगानी छ ।

सनराइजर्स इस्टर्न केपका यानसन बाहेक ट्रिस्टन स्टब्सले २१ बलमा ३ छक्कासहित २८ रन बनाए । स्टब्सले राशिद खानलाई ११ औं ओभरको दोस्रो, तेस्रो र पाँचौं बलमा छक्का हानेका थिए ।

कप्तान एडेन माक्ररम १२ र जोर्डन कक्सले १३ रन बनाए । एमआई केप टाउनका कागिसो रबाडाले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । साम करनले ३.३ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । राशिद खानले ४ ओभरमा ५३ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि केप टाउनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एमआईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । उसका लागि ग्रांट रोएलोफसेनले ३६ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन बनाएका थिए ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.