default_image

2 years ago

January 17, 2023

उपाधि दाबेदार एपिएफ सुदूरपश्चिमसँग स्तब्ध

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमसँग चार विकेटले स्तब्ध भएको छ । योसँगै समूह ए बाट सुदूरपश्चिम विजेता र एपिएफ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् ।

जितको लागि ९२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा डली भट्टले ३८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाइन् । कविता जोशी ५ बलमा १ चौकासहित ७ रनमा अविजित रहिन् । रेवती धामी ७ बलमा १ चौकासहित ८ रनमा अविजित रहिन् । ओपनर कविता कुँवर २, ऋतु कनोजिया १०, सम्झना खड्का २, विन्दु रावल र रुवि पोद्दार ६–६ रनमा आउट भए ।

एपिएफको लागि नेरी थापाले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ३ विकेट लिइन् । सुमन विष्ट, इन्दु बर्मा र सीता रानामगरले एक एक विकेट लिए ।

त्यसअघि इटहरीको जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै सर्वाधिक ९१ रन बनायो । एपिएफको लागि ममता चौधरीले २६ बलमा २ चौकासहित २६ रन बनाइन् । ओपनर ज्योति पाण्डे १४, सीताराना मगर ४, इन्दु बर्मा ११, रोमा थापा १५, नेरी थापा ७ र रेखा रावलले ६ रन बनाइन् ।

सुदूरको लागि कविता जोशीले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिइन् । ऋतु कनोजियाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवर र मनिषा चौधरीले एक एक विकेट लिइन् ।

सुदूरपश्चिमले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । बुधबार लुम्बिनी र मधेशबीचको खेलको विजेता समूह बी को उपविजेता बन्नेछ । समूह ए को उपविजेता एपिएफले समूह बी को विजेता प्रदेश एकसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.