default_image

2 years ago

January 17, 2023

प्रदेश एक अपराजित रहँदै सेमिफाइनलमा

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश एक इटहरीमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । समूह बी बाट प्रदेश एकले मंगलबार कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

जितको लागि ४० रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एकले ४.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश एकको लागि कप्तान रुविना क्षेत्री बेलबासेले १४ बलमा ३ चौका र १ छक्कासहित २२ रन बनाइन् । अर्की ओपनर काजल श्रेष्ठ १५ बलमा २ चौकासहित १३ रन बनाइन् ।

त्यसअघि जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित ११ ओभरमा ५ विकेट गुमाउँदै ३९ रन बनाएको थियो । हुस्सुको कारण खेल ढिलो सुरु हुँदा खेल ११ ओभरमा झारिएको थियो । कर्णालीको लागि रमा बुढाथोकीले २९ बलमा १ चौकासहित सर्वाधिक १८ रन बनाइन् ।

अन्य कुनैपनि कर्णालीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रदेश एकको लागि ज्योति दनवार, रुविना क्षेत्री, काजल राजवंशी र संगिता राईले एक एक विकेट लिइन् ।

समूह बी मा प्रदेश एक ३ खेलमा ६ अंकका साथ शीर्ष स्थमानमा रह्यो । कर्णाली तीनै खेलमा अपराजित रहँदै बाहिरियो । अव लुम्बिनी र मधेश प्रदेश मध्य एक दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाउने छन् । लुम्बिनी २ खेलमा १ मा जित र १ मा हारसहित २ अंक जोड्दै दोस्रो स्थानमा छ ।

समान खेल र नतिजा भएपनि नेटरनरेटको कारण मधेश तेस्रो स्थानमा छ । बुधबार मधेश र लुम्बिनीबीच खेल हुनेछ । जसको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.