default_image

2 years ago

January 15, 2023

एपिएफ र मधेश विजयी

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा आइतबार नेपाल एपिएफ क्लब र मधेश प्रदेश विजयी भएका छन् । लगातार दोस्रो जित हात पार्नेक्रममा एपिएफले बागमती प्रदेशलाई ४३ रनले पराजित गर्यो ।

जनता क्रिकेट पार्क इटहरीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । एपिएफकी इन्दु बर्माले २७ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाइन् । कप्तान सीता रानामगर २९ बलमा ५ चौकासहित ३६, ज्योति पाण्डे १५ र राजमती ऐरी ९ रनमा आउट भइन् । नेरी थापा १९ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् ।

बागमतीकी अश्मिना कर्माचार्य, खुशी डंगोल, मनिषा उपाध्याय र सोनी पाख्रिनले एक एक विकेट लिए । जितको लागि १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रन बनायो । बागमतीकी ओपनर हेलिसा गुरुङ २२, कन्चन श्रेष्ठ ११, सोनी पाख्रिन १३ र अश्मिना कर्माचार्य १० रनमा आउट भइन् ।

एपिएफकी निशा भट्टले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । समूह ए मा रहेको एपिएफ दुई खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।

अर्को खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ८ विकेटले रहायो । जितको लागि ८० रनको विजयी लक्ष्य पछ्याएको मधेशले १०.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मधेशको जितमा अनुराधा चौधरी ३५ बलमा ५ चौकासहित सर्वाधिक ३८ रन बनाइन् । प्रतिमा शाह १८ रनमा अविजित रहिन् । कर्णालीको बिना थापाले दुई विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रन बनायो । कर्णालीको तृर्सना विश्वकर्माले ३० बलमा सर्वाधिक १५ रन बनाइन् । किरण कुँवर १३, यमुना थारु ९, रमा बुढाथोकी ५ र अन्जु गुरुङले १३ रन जोडिन् । मधेशकी भुमी सिंहले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिइन् । अमिरान निशाले दुई विकेट लिइन् ।

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 5, 2025

पूजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]

Success

Thank you for your time.