default_image

2 years ago

January 15, 2023

कोहलीको सानदार शतकमा भारतको विशाल योगफल

103 views

0 Bookmark

एजेन्सी – अनुभवी खेलाडी विराट कोहलीको सानदार शतकमा भारतले तेस्रो तथा अन्तिम ओडिआई खेलमा श्रीलंकालाई ३ सय ९१ रनको विशाल विजयी लक्ष्य दिएको छ । ग्रीनफिल्ड अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९० रन बनायो ।

भारतका विराट कोहलीले १ सय १० बलमा १३ चौका र ८ छक्कासहित १ सय ६६ रनको सानदार शतकीय इनिङ खेले । कोहलीको यो ओडिआई करिअरको ४६ औं शतक हो । कोहलीले ८५ बलमा शतक पूरा गरेका थिए । शतकपछि कोहली झनै विष्फोटक बने ।

युवा ओपनर शुभमन गिलले ९७ बलमा १४ चौका र २ छक्कासहित १ सय १६ रनको शतकीय इनिङ खेले । गिलको यो ओडिआई करिअरको दोस्रो शतक हो । दोस्रो विकेटका लागि गिल र विराटले १ सय ३१ रनको शतकीय साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि कोहलीले श्रेयस ऐरसँग १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । श्रेयस ऐर ३८ र रोहित शर्मा ४२ रनमा आउट भए ।

श्रीलंकाका लाहिरु कुमाराले १० ओभरमा १ मेडनसहित ८७ रन खर्चेर २ विकेट लिए । कसुन रजिथाले १० ओभरमा १ मेडनसहित ८१ रन खर्चेर २ विकेट लिए । तीन ओडिआई खेलको सिरिज भारतले २–० ले एक खेल अगावै जितेको छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.