default_image

2 years ago

January 15, 2023

नेपालले पहिलो खेल नामिबियासँग खेल्ने

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अर्को महिना घरेलु मैदान टियुमा नामिबियासँग पहिलो खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा हुने नेपाल, नामिबिया र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपालले पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।

योसँगै नेपाल, स्कटल्यान्ड र नामिबीयाबीचको त्रिकोणात्मक ओडिआई सिरिज सकिनेछ । त्यसपछि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी र युएईसँग आइसिसी विश्वकप लिग २ मा त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । विदेशमा नेपालले पपुवा न्युगिनमीमा गएर त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ ।

स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारसहित ४६ अंक जोड्दै च्याम्पियन बनि सकेको छ । ओमान ३६ खेलमा २१ खेलमा जितका साथ ४४ अंक जोड्दै दोस्रो स्थानमा छ । नामिबिया ३० खेलमा १८ मा जितसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ ।

नेपाल २४ खेलमा ८ मा जितसहित १८ अंक जोड्दै छैटौं स्थानमा छ । नेपालले अव विश्वकप लिग २ मा १२ खेल खेल्न बाँकी छ । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा १० खेल जित्नु पर्ने हुन्छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जितसहित पुछारमा छ । अमेरिका ३६ खेलमा १६ मा जितसहित ३५ अंक जोड्दै पाँचौं स्थानमा छ । युएई २६ खेलमा १२ मा जितसहित २७ अंक जोड्दै पाँचौं स्थानमा छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.