default_image

2 years ago

January 12, 2023

सन्दीप २० लाख धरौटीमा रिहा

291 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई २० लाख धरौतीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो । त्यसपछि उनका वकिलले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा दायर गरेका थिए । सन्दीप माथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ ।

काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो । सन्दीपले पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । वीरगन्जको नारायणी अस्पतालले किशोरी नाबालिग नरहेको प्रमाण पठाएको थियो ।

केन्या जानुअघिल्लो दिन भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर दुई पटक नाबालिगलाई दुई पटक बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् । प्रहरीले सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । सन्दीपले आत्मासमर्पण गरेका थिए ।

कात्तिक १८ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

सन्दीप अव अनुमति विना विदेश जान भने पाउने छैनन् । त्योसँगै उनलाई २० पेजलामो आदेश पनि दिएको छ । बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई भदौं २३ मा निलम्बन गरेको थियो । उक्त नाबालिका भने माइती नेपालको संरक्षणमा रहँदै आएकी छिन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.