2 years ago
January 12, 2023
एजेन्सी – ओपनर डेभन कन्वे र केन विलियम्सनको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा घरेलु टोली पाकिस्तानलाई ७९ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ ।
जितको लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४३ ओभरमा १ सय ८२ रनमा अल आउट भयो ।पाकिस्तानका कप्तान बाबर आजमले १ सय १४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७९ रन बनाए । मोहम्मद रिजवान २८, हरिस सोहेल १० र अघा सलमानले २५ रन बनाए ।
अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्डका टिम साउथी र ईश सोधीले दुई दुई विकेट लिए । लोकी फर्गुसन, मिचेल सान्टनार, माइकल ब्रेसवेल र ग्लेन फिलिप्सले एक एक विकेट लिए ।
त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्ड ४९.५ ओभरमा २ सय ६१ रनमा अल आउट भयो । न्युजिल्यान्डका डेभन कन्वे ९२ बलमा १३ चौका र १ छक्कासहित १ सय १ रनमा आउट भए । कन्वेको यो ओडिआई करिअरको दोस्रो शतक हो । उनी नसिम शाहको बलमा बोल्ड आउट भए ।
कप्तान केन विलियम्सन १ सय बलमा ८५ रनमा बोल्ड आउट भए । विलियम्सन स्पिनर मोहम्मद नवाजको बलमा बोल्ड भएपछि शतकबाट चुकेका थिए । ओपनर फिन एलेनलाई एकै रनमा गुमाएपनि दोस्रो विकेटका लागि विलियम्सन र कन्वेले १ सय ८१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । तल्लोक्रमका मिचेल सान्टनारले ४० बलमा ३७ रन जोडे । अन्यको प्रदर्शन भने राम्रो हुन सकेन ।
पाकिस्तानका स्पिनर मोहम्मद नवाजले १० ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । नसिम शाहले ८.५ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । पहिलो खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]