2 years ago
January 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नाइट्सका तीव्र गतिका बलर अभिनाश बोहरा नेपाल टि२० लिगको उत्कृष्ट बलर चुनिएका छन् । विराटनगरका बायाँ हाते स्पिनर सूर्य तामाङ प्रतियोगिता उदीयमान खेलाडी चुनिएका छन् ।
अभिनाश बोहराले ११ खेलमा ३७.५ ओभर बलिङ गर्दै कुल १९ विकेटक साथ शीर्ष स्थानमा रहे । काठमाडौं प्लेअफ सम्म पुर्याउन अभिनाशले सानदार प्रदर्शन गरे । अभिनाशले उत्कृष्ट बलर वापत २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सूर्य तामाङ प्रतियोगिता उदीयमान खेलाडी चुनिए । विराटनगरका बायाँ हाते स्पिनर सूर्यले ८ खेलमा २६.४ ओभर बलिङ गर्दै १ सय १६ रन खर्चेर कुल १२ विकेट लिए । विराटनगरलाई फाइनलसम्म पुर्याउन सूर्यको प्रदर्शन उत्कृष्ट थियो । सूर्यले १ लाख ८० हजार प्राप्त गर्नेछन् ।
विराटनगरका हुसेन तालत प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिए । तालतले १३ खेलमा ३ सय ६७ रन बनाउनुको साथै १० विकेट लिएका थिए । तालत सर्वोत्कृष्ट खेलाडी वापत ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
फार वेस्ट युनाइटेडका हश्मातुल्लाह शाहिदीले १० खेलमा ४ अर्धशतकसहित ४ सय रन बनाउँदै शीर्ष स्थान रहे । प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिएका शाहिदीले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।
लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको उपाधि जितेको छ । लुम्बिनीले फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै पहिलो संस्करणको उपाधि जितको छ । योसँगै लुम्बिनीले ५५ लाख र उपविजेता विराटनगरले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८ रन बनायो । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९.२ ओभरमा १ सय ३३ रनमा अल आउट भयो । प्रतियोगितामा ६ फ्रेन्चइज टोली थिए ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]