2 years ago
January 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको उपाधि जितेको छ । लुम्बिनीले फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै पहिलो संस्करणको उपाधि जितको छ । योसँगै लुम्बिनीले ५५ लाख र उपविजेता विराटनगरले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८ रन बनायो ।
विराटनगरलाई जितको लागि अन्तिम १२ बलमा ३३ रन चाहिँएको थियो । १९ औं ओभरमा किशोर महतोले मात्रै चार रन खर्चेपछि लुम्बिनी उपाधि पक्का जस्तै बनेको थियो ।
विराटनगरका ओपनर अर्जुन साउदले ४० बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए । सागर ढकालले ओपनर गौरांशु शर्मालाई ४ रनमा बोल्ड गरे ।
कप्तान रोहित पौडेल गोल्डेन डक आउट भए । हुसेन तालत ८ बलमा २ चौकासहित १३ रनमा आउट भए । पृथु बाँस्कोटा २९ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा बोल्ड भए । विवेक यादव ६, अमरसिंह राउटेला ८ र राज नान्नन ६ रनमा आउट भए ।
लुम्बिनीका विपुल शर्माले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । हरमीत सिंहले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९.२ ओभरमा १ सय ३३ रनमा अल आउट भयो । लुम्बिनीको लागि ओपनर लाहिरु मिलान्थाले २८ बलमा ३ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । लुम्बिनीले राम्रो सुरुवात गर्यो । ओपनर लाहिरु मिलान्था र हरमीत सिंहले ५.५ ओभरमा ६४ रनको आक्रामक सुरुवात गरेको थियो । तर पावर प्लेपछि त्यो सुरुवातमा गिरावट आयो । केओन जोशेफको बलमा हरमीत रोहित पौडेलबाट क्याच आउट भए ।
सूर्य तामाङले लगत्तै अर्को ओभरमा कुशल भुर्तेललाई एक रनमा विकेटकिपर अर्जुन साउदबाट स्टम्पिङ आउट भए । रोहित पौडेलले मिलान्थालाई नन्दन यादवबाट क्याच गराएपछि विराटनगर खेलमा फर्किएको थियो । नन्दनले मिलान्थाको उत्कृष्ट क्याच लिएका थिए ।
स्पिनर राज नान्ननको बलमा चोभार एण्डतर्फ ठूलो सट खेलेपनि गौरांशु शर्माले २० रनमा क्याच लिँदै पेभेलिएन फर्काए । ईशान पाण्डे १८, विपुल शर्मा ५, गुलशन झा ३, साड्ली भान स्केलक्किक १, अनिलकुमार शाह ८ र किशोर महतो २ रनमा आउट भए ।
नन्दन यादवले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । राज नान्ननले ३ ओभरमा २४ रन २ विकेट लिए । हुसेन तालत, केओन जोशेफ, सूर्य तामाङ र रोहित पौडेलले एक एक विकेट लिए ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]