2 years ago
January 10, 2023
एजेन्सी – भारतीय क्रिकेट टोलीका बायाँ हाते ओपनर ईशान किशन ओडिआई खेलमा दोहोरो शतकपछि अर्को खेलमा मौका नपाउने पहिलो खेलाडी बनेका छन् । भारतले श्रीलंकाविरुद्ध पहिलो ओडिआई खेलमा गुवाहाटीमा मंगलबारविरुद्ध खेल्दा ईशान किशनलाई बेन्चमा राख्यो ।
ओडिआई इतिहासमा सर्वाधिक रनपछि अर्को खेल गुमाउने उनी पहिलो खेलाडी हुन् । किशनले मंसिर अन्तिममा बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय ३१ बलमा २४ चौका र १० छक्कासहित २ सय १० रनको विष्फोटक दोहोरो शतकीय इनिङ खेलेका थिए ।
जुन सर्वाधिक छिटो दोहोरो शतकको कीर्तिमान थियो । किशनले १ सय २६ बलमा दोहोरो शतक हानेका थिए । ईशान किशनले वेस्टइन्डिजका विष्फोटक ब्याटर क्रिस गेलको २०१५ मा जिम्बावेविरुद्ध १ सय ३८ बलमा हानेको दोहोरो शतकको कीर्तिमान तोडेका थिए ।
तर तीनै किशन श्रीलंकाविरुद्ध पहिलो ओडिआईमा बेन्चमा बस्नु पर्यो । भारतले ओपनरमा रोहित शर्मा र शुभमन गिललाई मैदान उतारेको थियो । बंगलादेशविरुद्ध रोहित शर्मा घाइते भएपछि मौका पाएका थिए । ईशान ओडिआईमा दोहोरो शतक हान्ने विश्वकै सातौं खेलाडी हुन् । दोहोरो शतकपछि अर्को खेलमा बेन्चमा बस्ने पहिलो खेलाडी पनि बनेका छन् ।
ईशान किशनअघि ओडिआईमा सर्वाधिक रन बनाएर पनि अर्को खेलमा बेन्चमा बस्ने अष्ट्रेलिया पूर्व ब्याटर ब्राड हज थिए । ब्राड हजले २००७ मा नेदरल्यान्ड्सविरुद्ध १ सय २३ रनको शतकीय इनिङपछि अर्को खेलमा मौका पाएका थिएनन् ।
त्यस्तै श्रीलंकाविरुद्ध तेस्रो टि२० आई खेलमा ५१ बलमा ७ चौका र ९ छक्कासहित १ सय १२ रनको विष्फोटक शतकीय इनिङ खेल्ने सूर्यकुमार यादव पनि पहिलो ओडिआई खेलमा बेन्चमा छन् ।
यो पनि : कोहलीको शतकमा भारतको विशाल योगफल
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]