2 years ago
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रोहितकुमार पौडेलको कप्तानीमा रहेको विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । विराटनगरले बुधबार उपाधिको लागि लुम्बिनी अल स्टार्ससँग प्रतिस्पर्धा गर्नेछ ।
जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा १ सय २८ रनमा अल आउट भयो । जनकपुरका चाडविक वाल्टनले ४७ बलमा ६ चौकासहित सर्वाधिक ५१ रन बनाए । स्पिनर राज नान्ननले १६ औं ओभरको तेस्रो बलमा वाल्टनलाई एलबीडब्लू आउट गरेपछि विराटनगर खेलमा हाबी बनेको थियो ।
लगत्तै अर्को ओभरमा केओन जोशेफले समिउल्लाह शिनवारीलाई एक र पवन सरार्फलाई दुई रनमा आउट गरेपछि जनकपुरको जितको सम्भावना टाढिएको थियो । ओपनर शराफुद्दिन अशरफ पहिलो ओभरको पाँचौं बलमा रोहितबाट चार रनमा रन आउट भए ।
अर्का ओपनर तथा कप्तान ट्रभोन ग्रिफिथ २४ बलमा ४ चौका र १ छक्कासहित ३४ रनमा स्टम्पिङ आउट भए । यस प्रतियोगितामा राम्रो प्रदर्शन गरेका सन्दीप जोरालाई सूर्य तामाङले ९ रनमा बोल्ड आउट गरे ।
विराटनगरका राज नान्ननले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । केओन जोशेफले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । सूर्य तामाङले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । हुसेन तालतले एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । विराटनगरका ओपनर गौरांशु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । अर्का ओपनर अर्जुन साउद २६ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा आउट भए । पहिलो विकेटका लागि अर्जुन र गौरांशुले ५९ रनको साझेदारी गरेका थिए ।
समिउल्लाह शिनवारीको बलमा कप्तान रोहित पौडेल एक रनमा शराफुद्दिन अशरफबाट क्याच आउट भए । हुसेन तालत २१ बलमा ५ चौका हान्दै ३१ रनमा क्याच आउट भए । राज रक्की नान्नन १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा रन आउट भए । इनिङको अन्तिम बल खेलेका अमरसिंह राउटेलाले छक्का प्रहार गरे । विवेक यादव ६ र पृथु बांस्कोटाले २ रन बनाए । जनकपुरका जितेन्द्र मुखियाले सर्वाधिक दुई विकेट लिए ।
शराफुद्दिन अशरफ, ललितनारायण राजवंशी र समिउल्लाह शिनवारीले एक एक विकेट लिए । पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्सले जनकपुरलाई ६ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल बुधबार हुनेछ । विराटनगर लिग चरणमा भने लुम्बिनीसँग दुबै खेलमा पराजित भएको थियो । विराटनगर पहिलो खेलमा ३ रन र दोस्रो खेलमा १२ रनले पराजित भएको थियो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]