default_image

2 years ago

January 10, 2023

जनकपुरलाई फाइनलमा पुग्न विराटनगरको प्रतिस्पर्धात्मक लक्ष्य

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई फाइनलमा पुग्न १ सय ६८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन बनायो ।

विराटनगरका ओपनर गौरांशु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । अर्का ओपनर अर्जुन साउद २६ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा आउट भए । पहिलो विकेटका लागि अर्जुन र गौरांशुले ५९ रनको साझेदारी गरेका थिए ।

समिउल्लाह शिनवारीको बलमा कप्तान रोहित पौडेल एक रनमा शराफुद्दिन अशरफबाट क्याच आउट भए । हुसेन तालत २१ बलमा ५ चौका हान्दै ३१ रनमा क्याच आउट भए । राज रक्की नान्नन १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा रन आउट भए ।

इनिङको अन्तिम बल खेलेका अमरसिंह राउटेलाले छक्का प्रहार गरे । विवेक यादव ६ र पृथु बांस्कोटाले २ रन बनाए । जनकपुरका जितेन्द्र मुखियाले सर्वाधिक दुई विकेट लिए ।

शराफुद्दिन अशरफ, ललितनारायण राजवंशी र समिउल्लाह शिनवारीले एक एक विकेट लिए । यस खेलको विजेताले फाइनलमा बुधबार लुम्बिनी अल स्टार्ससँग खेल्नेछ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.