2 years ago
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा विराटनगरका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
जनकपुरको टोली लगातार तेस्रो खेलमा समयमा मैदान आएन । निर्धारित समय अनुसार टस बिहान ११ : ३० मा हुनुपर्ने हो । टिमको रिपोर्टिङ समय बिहान ११ बजे हो । तर जनकपुरको टोली भने मध्याहन्न १२ बजे टियु आएको थियो । टस १२ : १५ मा हुँदा खेल १२ : ३० मा सुरु हुनेछ ।
विराटनगरले अमरसिंह राउटेलालाई मौका दिँदा स्पिनर साहब आलमलाई बेन्चमा राखेको छ । राउटेलाले तल्लोक्रममा राम्रो ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । जनकपुरले वेस्टइन्डिजका विकेटकिर चाडविक वाल्टनलाई खेलाउँदा दीलिप नाथलाई बेन्चमा राखेको छ । वाल्टन पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्सविरुद्ध मैदान नआएर होटलमै बसेका थिए ।
जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्सविरुद्ध पनि समयमा मैदान आएको थिएन । त्यस्तै लिगमा पोखरा एभेन्जर्सविरुद्ध पनि जनकपुर समयमा मैदान आएको थिएन । जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनीसँग ६ रनले पराजित भएको थियो । विराटनगरले भने एलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । यस खेलको विजेताले बुधबार लुम्बिनीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
जनकपुरको प्लेइङ ११ : सोमपाल कामी, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सरार्फ, जितेन्द्र मुखिया, राजेश पुलामी मगर, चाडविक वाल्टन, ट्रेभोन ग्रिफिथा, राजेश पुलामी मगर, समिउल्लाह शिनवारी र शराफुद्दिन अशरफ ।
विराटनगरको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), अर्जुन साउद, नन्दन यादव, अमरसिंह राउटेला, सूर्य तामाङ, पृथु बास्कोटा, विवेक यादव, मोहम्मद हुसेन तालत, गौरान्शु शर्मा, राज रक्की नान्नन र केओन आन्द्रे जोशेफ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]