default_image

2 years ago

January 10, 2023

जनकपुर फेरि समयमा मैदान आएन

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्स पुनः समयमै मैदान आएको छैन । मंगलबार जनकपुर रोयल्सले दोस्रो क्वालिफायर खेलमा विराटनगर सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दै छ । निर्धारित समय अनुसार टस बिहान ११ : ३० मा हुनुपर्ने हो ।

टिमको रिपोर्टिङ समय बिहान ११ बजे हो । तर जनकपुरको टोली मैदान आएको छैन । टसको समय भन्दा १० मिनेट ढिलो हुँदा समेत जनकपुरको टोली टियु मैदान आइपुगेको छैन ।

होटलबाट जनकपुर १० मिनेट अघि हिडेको बुझिएको छ । जनकपुर रोयल्सले लगातार तेस्रो पटक समयमै मैदान आउन ढिलो गरेको हो । जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्सविरुद्ध पनि समयमा मैदान आएको थिएन । त्यस्तै लिगमा पोखरा एभेन्जर्सविरुद्ध पनि समयमा मैदान आएको थिएन । खेलाडीले पैसा नपाएको कारण लगातार ढिलो गर्दै आएका छन् ।

जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनीसँग ६ रनले पराजित भएको थियो । खेलपछि उपकप्तान सोमपाल कामीले आफ्नो टिमका म्याच विनर चाडविक वाल्टन होटलमै रहेको बताएका थिए । विराटनगरको टोली भने वार्मअपमा ब्यस्त रहेको छ । म्याच अफिसियल र विराटनगरको टोली जनकपुरको टोलीको पर्खाईमा छन् ।

विराटनगरले भने एलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । यस खेलको विजेताले बुधबार लुम्बिनीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यो पनि पढ्नुहोस् : पानी दिने खेलाडी पनि टोलीमा नभएपछि…

जव विकेटकिपरले बलिङ गर्नु पर्यो…

* अपडेट : जनकपुरको टोली १२ बजे टियु मैदान आइपुगेको छ । टस १२: १५ मा र खेल १२: ३० मा सुरु हुनेछ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.