2 years ago
January 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटमा विकेटकिपरले बलिङ गरेको विरलै देख्ने गरिन्छ । तर सोमबार नेपाल टि२० लिगमा काठमाडौं नाइट्सका विकेटकिपर लोकेश बमले एलिमिनेटर खेलमा विराटनगर किंग्सविरुद्ध विकेटकिपिङ र बलिङ दुबै गर्नु पर्यो ।
टोलीका रहेका सबै विदेशी खेलाडी फर्किएपछि सबै नेपाली खेलाडी लिएर मैदान उत्रिएको थियो । डग आउट र पेभेलिएनमा काठमाडौंको कुनैपनि अतिरिक्त खेलाडी थिएनन् । सबै ११ खेलाडी नै मैदान उत्रनु परेको थियो । त्यसैले काठमाडौंका खेलाडीलाई फिल्डिङको समयमा पानी पनि विराटनगरका खेलाडीले दिनु परेको थियो । इंग्लिस ब्याटर एलेक्स ब्लेक र मलेसिया विरनदीप सिंह शनिबार स्वदेश फर्किएपछि काठमाडौंमा नेपाली खेलाडी मात्रै रहेका थिए ।
काठमाडौंले लोकेश बमलाई सुरुवाती १० ओभरमा विकेटकिपिङ गरायो । तर ड्रिङ्स ब्रेकपछि काठमाडौंले सन्तोष कार्कीलाई विकेटकिपरको जिम्मेवारी दियो । कप्तान ज्ञानेन्द्र मल्लले लोकेशलाई बलिङ गर्ने निर्णय लिए । टियु एन्डबाट आएका लोकेशले स्पिन बलिङ गरे ।
कप्तान रोहित पौडेलले उक्त बल दीलस्कुप खेल्नेक्रममा चौका हाने । दोस्रो बल डट हुँदा तेस्रो बल फाइनल लेगमा चौका हाने । लोकेशलाई चौथो बलमा लङअनमा छक्का हाने । त्यस ओभरमा लोकेशले कुल १३ रन खर्चिए । त्यसपछि भने ज्ञानेन्द्रले उनलाई बलिङ दिएनन् ।
खेलपछि ज्ञानेन्द्र मल्लले अफ स्पिन बलर अभावको कारण लोकेशलाई बलिङ दिएको बताए । ‘बलर ठ्याक्कै यसलाई गराउने नै पक्का थिएन । बायाँ हाते ब्याटर पनि थियो । अफस्पिनर चाहिँएको थियो । अरु बेला लोकेशले राम्रै गरेको हुन्थ्यो । मैले आज यस्तो सोचे कि सुनमले आज पहिलो ओभर देखि राम्रो गरि राखेको थिएन । त्यसैले एक ओभर अफ स्पिन प्रयास गर्यौ भनेर लोकेशलाई दिएको हो’, खेलपछि ज्ञानेन्द्र मल्लले भने ।
काठमाडौंका दुबै विदेशी खेलाडी फर्किएपछि डग आउटमा बस्ने कोहि खेलाडी थिएनन् । ‘पहिला त हाम्रो म्यानेजमेन्टमा मिस कमिनिकेसन भयो जस्तो लाग्छ । अन्तिम समयमा टिम मालिक परिवर्तन हुनु पर्यो । सबै कुरा चाडो परिवर्तन भई राखेको थियो । यहि तरिकाले जाने भन्ने भएन । ढिलो पनि जस्तो सोचेको थियो । त्यस्तो भएन’, ज्ञानेन्द्रले भने ।
विदेशी खेलाडी फर्किनुमा धेरै समस्याहरु बताउँछन् । धेरै समस्याहरु आई रहेको थियो । पछि टिकट पनि त्यहि अनुरुप भएको रहेछ । टिकटहरु पहिला नै भएको भएर फकिनु भयो’,विदेशी खेलाडी फकिर्नु बारे उनले भने ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । विराटनगरका कप्तान रोहित पौडेलले ४९ बलमा ६ चौका र २ छक्कासहित ६१ रनमा आउट भए ।
विवेक यादव १८ बलमा ३ चौका र ३ छक्कासहित ४६ रनमा अविजित रहे । जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा ८३ रनमा अल आउट भयो । अभिनाश बोहरा ४ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक १६ रन बनाए ।
यो पनि पढ्नुहोस् : विदेशी खेलाडी फर्केपछि नेपालीकै भरमा काठमाडौं नाइट्स
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]