2 years ago
January 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको एलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । विराटनगरले फाइनलमा पुग्न मंगलबार दोस्रो क्वालिफायरमा जनकपुर रोयल्ससँग खेल्नेछ ।
जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा ८३ रनमा अल आउट भयो । अभिनाश बोहरा ४ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक १६ रन बनाए । कमलसिंह ऐरी १० बलमा १ चौका र १ छक्कासहित १० रनमा आउट भए ।
कप्तान ज्ञानेन्द्र मल्लले १२ बलमा १ चौका र १ छक्कासहित१५ रन बनाए । लोकेश बम १३ बलमा २ चौकासहितसहित १३ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सन्तोष कार्की ८, बसिर अहमद ५, सन्दीप रजाली र सुनम गौतम ४–४ रनमा आउट भए । विराटनगरका सूर्य तामाङले २.४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । साहब आलमले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । केओन जोशेफले २ ओभरमा १० रन खर्चेर २ विकेट लिए । हुसेन तालतले एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । विराटनगरका कप्तान रोहित पौडेलले ४९ बलमा ६ चौका र २ छक्कासहित ६१ रनमा आउट भए । रोहितको यो नेपाल टि२० लिगमा चौथो अर्धशतक हो । रोहित स्पिनर अनिल खरेलको बलमा एज लागेर सट फाइन लेगमा सौरभ खनालबाट क्याच आउट भए ।
योसँगै रोहित सर्वाधिक रन बनाउने ब्याटरमा दोस्रो स्थानमा उक्लिएका छन् । रोहितले ३ सय ४७ रन बनाउँदा फार वेस्टका युनाइटेडका हश्मातुल्लाह शाहिदी ४ सय रनका साथ शीर्ष स्थानमा छन् । विवेक यादव १८ बलमा ३ चौका र ३ छक्कासहित ४६ रनमा अविजित रहे । अन्तिम ओभरको सुरुवाती चार बलमा विवेकले कमलसिंह ऐरीलाई दुई चौका र दुई छक्का हान्दै राम्रो योगफलको आधार तय गरेका थिए ।
ओपनर गौरान्शु शर्मा एक र अर्जुन साउद दुई रनमा आउट भएपछि विराटनगर ५–२ को कमजोर सुरुवात गरेको थियो । तेस्रो विकेटका लागि रोहित र हुसेन तालतले ९८ रनको साझेदारी गरे । तालत २३ बलमा १ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । तालत खरेलको बलमा स्लिपमा सौरभ खनालबाट क्याच आउट भए ।
पृथु बाँंस्कोटा एक रनमा आउट हुँदा राज नान्नन १७ बलमा १ चौका र १ छक्कासहित २३ रनमा अविजित रहे । काठमाडौंका अनिल खरेलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । गौतम केसीले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरी र अभिनाश बोहराले एक विकेट लिए ।
पहिलो खेलमा लुम्बिनी अल स्टार्सले जनकपुरलाई ६ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । फाइनल बुधबार हुनेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]