2 years ago
January 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली काठमाडौं नाइट्सले एलिमिनेटर खेलमा सोमबार विराटनगर सुपर किंग्सविरुद्ध विदेशी खेलाडी विना नै खेल्नुपर्ने भएको छ ।
टोलीमा रहेका सबै विदेशी खेलाडी आफ्नो देश फर्किएपछि काठमाडौंको बेन्चमा बस्ने खेलाडी समेत नहुने भएका छन् । काठमाडौंले सबै ११ नेपाली खेलाडीका साथ खेल्नु पर्ने देखिएको छ । काठमाडौंले विदेशी खेलाडीको रुपमा अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, मलेसिया विरनदीप सिंह, इंग्ल्यान्डका एलेक्स ब्लेक र जिम्बावेका रायन बर्ललाई टोलीमा लिएको थियो । ओमरजाई र बर्ल यसअघिनै घर फर्किएका छन् । विरनदीप र एलेक्स ब्लेक पनि शनिबार स्वदेश फर्किएका छन् ।
विदेशी खेलाडी उपलब्ध नहुँदा विराटनगरविरुद्ध एलिमिनेटर खेलको लागि काठमाडौंको टोलीमा नेपाली ११ खेलाडी मात्रै रहेका छन् । टोलीको बेन्चमा राख्ने खेलाडी पनि हुने छैनन् । कुनै खेलाडी घाइते भएका त्यसको स्थानमा फिल्डिङ गर्ने खेलाडी समेत हुने छैनन् ।
हालसम्म टोलीका कुनै खेलाडीले पैसा पाएका छैनन् । पाउन बाँकी पैसा उतै पठाइदिने आशामा विदेशी खेलाडी फर्किएका छन् । काठमाडौंको टोलीमा अहिले प्रशिक्षक र म्यानेजर समेत छैनन् । त्यतिमात्रै होईन हालसम्म मालिक को हो भन्ने पनि थाहा पाउन नसकेको खेलाडीले दुखेसो पोखेका छन् ।
नेपाली खेलाडीले पनि हालसम्म पैसा पाउन सकेका छैनन् । अन्य फ्रेन्चाइज टोलीका खेलाडीले केहि पैसा पाउँदा काठमाडौंका खेलाडीले भने केहि पाउन सकेका छैनन् । लिगको अन्तिम खेलमा काठमाडौंका एलेक्स ब्लेक विराटनगरविरुद्ध खेलेका थिए । ब्लेकले केहि दिन अघि मात्रै आफुहरु क्रिसमसमा परिवारलाई छाडेर नेपाल आएपनि पैसा नपाउँदा निराश रहेको बताएका थिए ।
विरनदीप भने विराटनगरविरुद्ध खेलमा थिएनन् । विराटनगरविरुद्ध काठमाडौंले एकमात्रै विदेशी खेलाडी खेलाएको थियो । ज्ञानेन्द्रले विरनदीपलाई केहि सन्चो नहुँदा नखेलाएको बताएका थिए । खेलाडीहरु आफ्नै खर्चमा स्वदेश फर्किएको बुझिएको छ ।
एलेक्स ब्लेकले लिगका सबै १० खेल खेले । ओमरजाईले ६, विरनदीपले ९ र बर्लले ५ खेल खेले । काठमाडौं १० खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ अन्तिम चारमा रहेर एलिमिनेटर खेलेको हो । विराटनगर १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा रहेर एलिमिनेटर खेलेको हो ।
एलिमिनेटरको विजेताले मंगलबार फाइनलमा पुग्न जनकपुरसँग खेल्नेछ । पहिलो क्वालिफायरमा जनकपुर लुम्बिनी अल स्टार्ससँग ६ रनले पराजित भएको थियो । फाइनल बुधबार हुनेछ ।
काठमाडौंमा रहेका नेपाली खेलाडी :
ज्ञानेन्द्र मल्ल, लोकेश बम, बसिर अहमद, कमलसिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसी ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]