2 years ago
January 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन बनायो ।
जनकपुरका समिउल्लाह शिनवारीले ३१ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४५ रन बनाए । ओपनर शराफुद्दिन अशरफ १९ बलमा ४ चौका र १ छक्कासहित २४ रनमा आउट भए । कप्तान ट्रेभोन ग्रिफिथ १०, दीलिप नाथ शून्य, सन्दीप जोरा २ र अशायन प्रियन्जन ७ रनमा आउट भए ।
जनकपुरलाई अन्तिम १२ बलमा जितको लागि ३३ रन चाहिँएको थियो । शिनवारीले सुरुवाती दुई बलमा साड्ली भान स्केलक्किकलाई लगातार दुई छक्का हाने । तेस्रो बलमा क्याच आउट भए । त्यसपछि पवन सरार्फले पाँचौं बलमा चौका र अन्तिम बलमा छक्का हानेपछि खेल रोचक बनेको थियो । १९ औं ओभरमा साड्लीले समग्रमा २३ रन खर्चिए ।
अन्तिम ६ बलमा जितको लागि १० रन चाहिँएको थियो । किशोर महतोले पहिलो बल एक रन लिँदा दोस्रो बलमा पवनले रन लिएनन् । तेस्रो बल डट राखे । चौथो बलपनि डट राखेपछि लुम्बिनी जिततर्फ अघि बढेको थियो । तर किशोरले लेन्थको बलमा डट राखे । पवन सरार्फ १९ बलमा २ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे ।
लुम्बिनीका विपुल शर्माले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । सागर ढकालले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा १ मेडनसहित ९ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।लुम्बिनीका ईशान पाण्डेले ३९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । ओपनर हरम्रीत सिंह शून्यमा बोल्ड भए । स्पिनर अशायन प्रियन्जनको इनिङको पहिलो बलमै उनलाई आउट गरेका थिए ।
प्रियन्जनले कुशल भुर्तेललाई ३ रनमा क्याच गराए । सोमपाल कामीले लाहिरु मिलान्थालाई १६ रनमा विकेटकिपर दीलिप नाथबाट क्याच गराएपछि २९–३ को अवस्थामा पुगेको थियो । जितेन्द्र मुखियाले दीपेन्द्रसिंह ऐरीलाई १० रनमा नाथबाट क्याच गराएपछि समस्यामा परेको थियो । पाँचौं विकेटका लागि अनिल कुमार शाह र ईशान पाण्डेले ६२ रनको साझेदारी गरे । अनिल २६ बलमा २ चौकासहित २४ रनमा आउट भए । तल्लोक्रमका विपुल शर्मा १३ बलमा २ छक्कासहित २० रन बनाए । साड्ली भान स्केलक्किकले ८ बलमा २ चौका र १ छक्कासहित १७ रनमा अविजित रहे ।
जनकपुरका सोमपाल कामीले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । अशान प्रियन्जनले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखियाले २ ओभरमा १५ खर्चेर २ विकेट लिए । ट्रेभोन ग्रिफिथ र पवन सरार्फले एक एक विकेट लिए ।
सोमबार एलिमिनेटर खेलमा विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले मंगलबार दोस्रो क्वालिफायरमा जनकपुरसँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]