default_image

2 years ago

January 7, 2023

रोहितको उत्कृष्ट प्रदर्शनमा विराटनगर प्लेअफमा

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई ७ विकेटले हराउँदै प्लेअफमा पुगेको छ ।

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको विराटनलरले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका कप्तान रोहित पौडेलले ४२ बलमा ५ चौका र ३ छक्कासहित ६६ रनको महत्वपूर्ण योगदान दिए । रोहितको यो नेपाल टि२० लिगको तेस्रो अर्धशतक हो ।

गौरान्शु शर्मा ४९ बलमा ४ चौकासहित ५१ रनमा अविजित रहे । विवेक यादव २ बलमा १ चौका र १ छक्कासहित १० रनमा अविजित रहे । अभिनाश बोहरालाई चौका र छक्का हान्दै विवेकले खेल सकाए ।

अर्जुन साउद ७ बलमा २ चौकासहित १० रनमा आउट भए । हुसेन तालत १२ बलमा २ चौका र १ छक्कासहित २१ रनमा आउट भए । काठमाडौंका अभिनाश बोहराले ३.४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । काठमाडौंका एलेक्स ब्लेकले २६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए ।

ओपनर सन्तोष कार्कीले ३४ बलमा ४ चौका र १ छककासहित ३४ रन बनाए । अर्का ओपनर सुनम गौतम ८ र लोकेश बम शून्यमा आउट भए । मध्यक्रमका ब्याटर सन्दीप रजाली २४ बलमा २ चौका र १ छककासहित ३० रनमा आउट भए । ज्ञानेन्द्र मल्ल १३ बलमा २ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे । ज्ञानेन्द्रले अन्तिम बलमा नन्दन यादवलाई मिडविकेटमा छक्का प्रहार गर्दै इनिङ सकाएका थिए ।

बसिर अहमदले ८ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहे । काठमाडौंले आज विदेशी खेलाडीको रुपमा एलेक्स ब्लेकलाई मात्रै खेलाएको छ । विराटनगरका स्पिनर राज नान्नन ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिए । नन्दन यादव र रोहित पौडेलले एक एक विकेट लिए ।

अंक तालिका

लुम्बिनी १० खेलमा ८ मा जित र २ मा हारसहित १६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । जनकपुर १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रह्यो । यी दुई टोलीबीच आइतबार पहिलो क्वालिफायर हुनेछ । विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग खेल्नेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् ।

विराटनगर सुपर किंग्स १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । रोहितले पोखरा र काठमाडौं मध्य एकसँग एलिमिनेटर खेल्नुपर्ने हुन्छ ।

काठमाडौं १० खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ । काठमाडौं प्लेअफमा पुग्न आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स फार वेस्टसँग हार्नुपर्ने हुन्छ । वा पोखरा जितको अन्तर निकै झिनो हुनुपर्छ ।

पोखरा ९ खेलमा ३ मा जित र ६ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ । पोखराले फार वेस्टमाथि सानदार जित हात पार्नुपर्ने हुन्छ । विराटनगर र पोखराबीचको खेलको हार्ने टोलीको अन्तर केहि फराकिलो हुनुपर्छ । फार वेस्ट युनाइटेड ९ खेलमा २ मा जित र ७ मा हारसहित एक खेल अगावै बाहिरिएको छ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.