default_image

2 years ago

January 6, 2023

ग्रिफिथको विष्फोटक ब्याटिङमा लुम्बिनीलाई प्रतिस्पर्धात्मक लक्ष्य

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुल) – कप्तान ट्रभोन ग्रिफिथको विष्फोटक ब्याटिङमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सलाई १ सय ६० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनायो ।

जनकपुर रोयल्स समयमै मैदान नआएपछि खेल भने ढिलो सुरु भएको थियो । निर्धारित समय अनुसार टस ८ : ३० मा हुनुपर्ने थियो । तर जनकपुर होटलबाट मैदान भने विहान ९ :४ मा आइपुगेको थियो । त्यसैको कारण खेल ढिलो सुरु भएको थियो । कप्तान ट्रभोन ग्रिफिथ ११ बलमा ३ चौका र ५ छक्कासहित ४७ रनमा अविजित रहे ।

जनकपुरका ओपनर शराफुद्दिन अशरफले १८ बलमा ५ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । खडक बोहरा ३० बलमा २२, दीलिप नाथ १० र अशान प्रियन्जनले ८ रन बनाए ।

लुम्बिनी अल स्टार्सका सागर ढकालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेल ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । प्याट ब्राउनले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । ईशान पाण्डेले एक विकेट लिए ।

लुम्बिनीको कप्तानी कुशल भुर्तेलले गरेका छन् । लुम्बिनीले दीपेन्द्रसिंह ऐरी र किशोर महतोलाई विश्राम दिएको छ । जनकपुरले सोमपाल कामी, सन्दीप जोरा र चाडविक वाल्टनलाई विश्राम दिएको छ ।

लुम्बिनी ९ खेलमा ८ मा जित र १ मा हारसहित १६ अंक जोड्दै शीर्ष स्थानमा छ । जनकपुर ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । यी दुई टोली शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने पक्का भएको छ ।

September 27, 2024

क्यानको अनुमानित बजेट ६२ कराेड

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले चालु आर्थिक वर्ष २०८१/ ८२ को लागि ६२ करोड रूपैयाँ अनुमानित बजेट पास गरेको छ। यो क्यानको इतिहासकै ठूलो बजेट हो । पोखरामा शुक्रवार सुरु भएको क्यानको वार्षिक साधारण सभामा कोषाध्यक्ष पदमबहादुर खड्काले प्रस्तुत गरेको अनुमानित बजेटलाई पास गरेको बताइएको छ। त्यस्तै गत आर्थिक बर्ष २०८०/८१ को […]

September 27, 2024

तीन खेलाडीको शतकमा श्रीलंकाको विशाल योगफल

एजेन्सी – तीन ब्याटरको शतकमा श्रीलंकाले न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । दुई टेस्ट सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा छ । पहिलो खेल ६३ रनले जित्दै घरेलु टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ । गालेमा टस जितेर ब्याटिङको सुरुवात गरेको घरेलु टोलीले पहिलो इनिङ ५ विकेट गुमाएर ६ सय […]

September 27, 2024

विश्वकप लिग टु – क्यानडाको लगातार चौथो जित

एजेन्सी – क्यानडाले विश्वकप लिग टुमा लगातार चौथो जित हात पारेको छ । विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजको ४ खेलमा क्यानडाले जित निकालेको हो । लगातार चौथो जित हासिल गर्ने क्रममा बिहीवार क्यानडाले ओमानलाई ५ विकेटले हराएको थियो । १ सय ९९ रनको लक्ष्य क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाएर पूरा […]

Success

Thank you for your time.