2 years ago
January 5, 2023
एजेन्सी – बायाँ हाते अलराउन्डर अक्षर पटेलको उत्कृष्ट ब्याटिङको बाबजुद भारत दोस्रो टि२० आई खेलमा श्रीलंकासँग १६ रनले पराजित भएको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ ।
जितको लागि २ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९० रन बनायो । भारतका अक्षर पटेलले ३१ बलमा ३ चौका र ६ छक्कासहित सर्वाधिक ६५ रन बनाए । उनको यो टि२० आई करिअरको पहिलो अर्धशतक समेत हो । अक्षरको यो अन्तर्राष्ट्रिय करिअरको समेत उच्च प्रदर्शन हो ।
१४ औं ओभरमा अक्षेर पटेलले वानिन्दु हसरंगालाई सुरुवाती तीन बलमा छक्का हानेपछि भारतले खेलमा जितको सम्भावना देखाएको थियो । छैटौं विकेटका लागि अक्षर पटेल र सूयकुमार यादवले ४० बलमा ९१ रनको विष्फोटक साझेदारी गरेका थिए ।
सूर्य ३६ बलमा ३ चौका र ३ छक्कासहित ५१ रनमा आउट भए । सूय तीव्र गतिका बलर दिलशान मदुशनका हसरंगाबाट क्याच आउट भएपछि भारतको जितको सम्भावना टाढिएको थियो ।
भारतको सुरुवात सम्झन लायक रहेन । तीव्र गतिका बलर कसुन रजिथाले दोस्रो ओभरको पहिलो बलमै ओपनर ईशान किशनलाई दुई रनमा बोल्ड गरे । यसै ओभरको अन्तिम बलमा शुभमन गिल ५ रनमा महेश थिक्सनाबाट क्याच आउट भए ।
दिलशानले डेब्यू खेल खेलेका राहुल त्रिपाठीलाई पाँच रनमा क्याच गराए । हार्दिक पान्ड्या १२ र दीपक हुडा ९ रनमा आउट भएपछि भारत ५७-५ को दयनीय अवस्थामा पुगेको थियो ।
भारतलाई अन्तिम १२ बलमा जितको लागि ३३ रन चाहिँएको थियो । १९ औं ओभरमा कसुन रजिथाले १२ रन खर्चिपछि अन्तिम ६ बलमा भारतलाई २१ रन चाहिँएको थियो । अन्तिम ओभरमा दासुन शानकाले दुई विकेट लिँदै मात्रै चार रन खर्चिए ।
भारतका तल्लोक्रमका शिवम माभीले १५ बलमा २ चौका र २ छक्कासहित २६ रनमा आउट भए । श्रीलंका दासुन शानकाले १ ओभरमा ४ रन खर्चेर २ विकेट लिए । कसुन रजिथाले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । दिलशान मदुशनकाले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । चामिका करुणारत्ने र वानिन्दु हसरंगाले एक एक विकेट लिए ।
त्यसअघि पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । श्रीलंका कप्तान दासुन शानका २२ बलमा २ चौका र ६ छक्कासहित ५६ रनमा अविजित रहे । शानकाले २० बलमै अर्धशतक प्रहार गरेका थिए ।
जुन श्रीलंकाबाट टि२० आईमा बनेको सर्वाधिक छिटो अर्धशतक हो । शानकाले पूर्व कप्तान महेला जयवर्धनले २००७ मा केन्या र कुमार संगकाराले भारतविरुद्ध २००९ मा समान २१ बलमा हानेको अर्धशतकको कीर्तिमान पूरा गरेका हुन् ।
ओपनर कुशल मेन्डिस ३१ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनमा आउट भए । श्रीलंकालाई ओपनर पाथुम निसांका र कुशल मेन्डिसले ८.२ ओभरमा ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए ।
ओपनर पाथुम निसांका ३५ बलमा ४ चौकासहित ३३ रनमा आउट भए । चरिथ असलंका १९ बलमा ४ छक्कासहित ३७ र भानुका राजपक्षे २ रनमा आउट भए । धनन्जय डि सिल्भा ३, वानिन्दु हसरंगा शून्य र चामिका करुणारत्नेले ११ रन बनाए । छैटौं विकेटका लागि चामिका र दासुनले २७ बलमा ६८ रनको साझेदारी गरेका थिए ।
भारतका उमरान मलिकले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहलले एक विकेट लिए । पहिलो खेलमा भारत दुई रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टि२० खेल शनिबार राजकोटमा हुनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]