2 years ago
January 5, 2023
एजेन्सी – श्रीलंकाका कप्तान दासुन शानकाले दोस्रो टि२० आई खेलमा घरेलु टोली भारतविरुद्ध कीर्तिमनी ब्याटिङ गरेका छन् । शानकाले विष्फोटक ब्याटिङ गरेपछि श्रीलंकाले भारतलाई २ सय ७ रनको विशाल लक्ष्य दिएको छ।
पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनायो । दासुन शानका २२ बलमा २ चौका र ६ छक्कासहित ५६ रनमा अविजित रहे । अन्तिम ओभरको चौथो बलमा शिवम माभीलाई छक्का हान्दै शानकाले २० बलमा अर्धशतक पूरा गरेका थिए ।
श्रीलंकाबाट टि२० आईमा यो सर्वाधिक छिटो अर्धशतक हो । शानकाले श्रीलंका पूर्व कप्तान कुमार संगकारा र महेला जयवर्धनलेको कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका हुन् । यसअघि महेला जयवर्धनले केन्याविरुद्ध २००७ मा २१ बल, कुमार संगकाराले भारतविरुद्ध २००९ मा २१ बल र कुशल परेराले भारतविरुद्धनै २०१८ मा २२ बलमा टि२० आईमा अर्धशतक प्रहार गरेका थिए ।
भारतविरुद्ध शानकाको इतिहास टि२० मा धेरै राम्रो छ । पहिलो खेलमा भारतविरुद्ध २७ बलमा ४५ रन बनाएका थिए । एसिया कपमा भारतलाई हराउन शानकाले १८ बलमा ३३ रनमा अविजित रहेका थिए । गत फेब्रुअरीमा धर्मशालामा शानकाले भारतविरुद्ध ३८ बलमा ७४ रन बनाएका थिए । समग्रमा भारतविरुद्ध शानकाले ५ इनिङमा २०५.६४ को स्ट्राइकरेटमा २ सय ५५ रन बनाएका छन् ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर २ विकेटका जितका साथ फाइनल प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]