2 years ago
January 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फार वेस्ट युनाइटेडले नेपाल टि२० लिगमा काठमाडौं नाइट्समाथि ८३ रनको फराकिलो जित हात पारेको छ । काठमाडौंमाथि फराकिलो जितका साथ फार वेस्टले प्लेअफ पुग्ने झिनो जितको अंक गणीतिय सम्भावना कायमै राखेको छ ।
जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनायो । काठमाडौंका कमलसिंह ऐरीले २१ बलमा २ छक्कासहित सर्वाधिक २० रन बनाए ।
ओपनर विरनदीप सिंह १४, लोकेश बम ४, एलेक्स ब्लेक १, सन्तोष कार्की १२, ज्ञानेन्द्र मल्ल र सन्दीप रजाली १७–१७ रनमा आउट भए । सुनम गौतमले २५ बलमा १ चौकासहित १६ रन जोडे ।
फार वेस्टका करण केसी, दुर्गेश गुप्ता र हश्मातुल्लाह शाहिदीले दुई दुई विकेट लिए । शेर मल्ल, प्रकाश जैशी र मिलिन्डा सिरिवर्धनले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको फार वेस्टले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । फार वेस्टका विनोद भण्डारीले ४४ बलमा ६ चौका र ५ छक्कासहित ७३ रनमा आउट भए । हश्मातुल्लाह शाहिदीले ५७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७६ रन बनाए ।
पहिलो विकेटका लागि फार वेस्टका ओपनर विनोद र हश्मातुल्लाहले १६.३ ओभरमा १ सय ५७ रनको शतकीय साझेदारी गरेका थिए । यो नेपाल टि२० लिगमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि जनकपुर रोयल्सका सन्दीप जोरा र चाडविक वाल्टनले फार वेस्ट युनाइटेडविरुद्ध तेस्रो विकेटका लागि १ सय ५१ रनको अविजित शतकीय साझेदारी गरेका थिए ।
त्यस्तै यो नेपाल टि२० लिगको दोस्रो ठूलो योगफल हो । यसअघि काठमाडौंले जनकपुर रोयल्सविरुद्ध २ सय ८ रन बनाएको थियो । करण केसी ८ बलमा ३ छक्कासहित २२ रनमा अविजित रहे । काठमाडौंका बसिर अहमदले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।
अंक तालिका
लुम्बिनी ९ खेलमा ८ मा जित र १ हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । अन्तिम खेल लुम्बिनीले शुक्रबार जनकपुरसँग खेल्नेछ । उक्त खेलमा हारेपनि शीर्ष स्थानमै रहनेछ । जनकपुर रोयल्स ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । जनकपुर शीर्ष दुईमा रहने पक्का भएको छ ।
काठमाडौं ९ खेलमा ४ मा जित र ५ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । विराटनगर सुपर किंग्स ८ खेलमा ३ मा जित र ५ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । पोखरा ९ खेलमा ३ मा जित र ६ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ । फार वेस्ट युनाइटेड ८ खेलमा २ मा जित र ६ मा हारसहित पुछारमा छ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]