2 years ago
January 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ६ विकेटले हराउँदै प्लेअफ सम्भावना कायमै राखेको छ ।
जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका कप्तान रोहित पौडेलले ४२ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए । रोहितको यो जारी प्रतियोगिता दोस्रो अर्धशतक हो ।
ओपनर प्रदीप ऐरीले २६ बलमा ४ चौका र २ छक्कासहित ४० रनमा आउट भए । गौरांशु शर्मा १० बलमा २ चौकासहित ११ रनमा आउट भए । हुसेन तालत १५ बलमा १ चौकासहित १७ रनमा आउट भए ।
पृथु बाँस्कोटा १९ बलमा १ चौकासहित १७ रनमा अविजित रहे । विवेक यादव ४ रनमा अविजित रहे । फार वेस्टका करण केसी, प्रकाश जैशी, नुर अहमद र हश्मातुल्लाह शाहिदीले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । युनाइटेडका विनोद भण्डारीले ३८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । विनोद भण्डारी रन आउट हुँदा युनाइटेड १०।३ ओभरमा ७७–२ को बलियो अवस्थामा थियो । तर त्यसपछि लगातार विकेट गुमायो । ओपनर देव खनाललाई दोस्रो ओभरमै युनाइटेडले दुई रनमै गुमाएको थियो ।
९ बल खेलेका देव राज नन्ननको बलमा बोल्ड भए । दोस्रो विकेटका लागि विनोद भण्डारी र हश्मातुल्लाह शाहिदीले ६८ रनको साझेदारी गरेका थिए । त्यसपछि क्रिजमा आएका उमेर अली १६ र मिलिन्डा सिरिवर्धन १४ रनमा आउट भए । नुर अहमद ६ र भीम सार्की २ रनमा बोल्ड भए ।
उमेर, नुर र भीम तीनै ब्याटर स्पिनर साहब आलमको बलमा बोल्ड भए । राशिद खान ९ र प्रकाश जैशी शून्यमा आउट भए । करण केसी ११ बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहे ।
विराटनगरका साहब आलमले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । केओन जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । राज नन्नन, विवेक यादव र रोहित पौडेलले एक एक विकेट लिए ।
अंक तालिका
लुम्बिनी ९ खेलमा ८ मा जित र १ हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । अन्तिम खेल लुम्बिनीले शुक्रबार जनकपुरसँग खेल्नेछ । उक्त खेलमा हारेपनि शीर्ष स्थानमै रहनेछ । जनकपुर रोयल्स ८ खेलमा ५ मा जित र ३ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ ।
काठमाडौं ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । पोखरा ८ खेलमा ३ मा जित र ५ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । विराटनगर सुपर किंग्स ८ खेलमा ३ मा जित र ५ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ । विराटनगर प्लेअफमा पुग्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ ।
फार वेस्ट युनाइटेड ७ खेलमा १ मा जित र ६ मा हारसहित पुछारमा छ । फार वेस्ट प्लेअफमा पुग्न पोखरा र विराटनगर दुबैले फराकिलो अन्तरले हार्नुपर्छ । फार वेस्टले बाँकी तीनै खेलमा सबै जित हात पार्नुपर्ने हुन्छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]