2 years ago
January 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फार वेस्ट युनाइटेडले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सलाई १ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनायो ।
युनाइटेडका विनोद भण्डारीले ३८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । विनोद भण्डारी रन आउट हुँदा युनाइटेड १०.३ ओभरमा ७७–२ को बलियो अवस्थामा थियो । तर त्यसपछि लगातार विकेट गुमायो । ओपनर देव खनाललाई दोस्रो ओभरमै युनाइटेडले दुई रनमै गुमाएको थियो ।
९ बल खेलेका देव राज नन्ननको बलमा बोल्ड भए । दोस्रो विकेटका लागि विनोद भण्डारी र हश्मातुल्लाह शाहिदीले ६८ रनको साझेदारी गरेका थिए । त्यसपछि क्रिजमा आएका उमेर अली १६ र मिलिन्डा सिरिवर्धन १४ रनमा आउट भए । नुर अहमद ६ र भीम सार्की २ रनमा बोल्ड भए ।
उमेर, नुर र भीम तीनै ब्याटर स्पिनर साहब आलमको बलमा बोल्ड भए । राशिद खान ९ र प्रकाश जैशी शून्यमा आउट भए । करण केसी ११ बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहे ।
विराटनगरका साहब आलमले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । केओन जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । राज नन्नन, विवेक यादव र रोहित पौडेलले एक एक विकेट लिए ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]