2 years ago
January 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
काठमाडौंको टोली ढिलो आएपछि खेल तीन ओभर घटेको छ । काठमाडौंको टोली बिहान ८ ः ४८ मा टियु आएको थियो । तर टस विहान ८ ः ३० मा हुनु पर्ने थियो । ढिलो टस भएपछि खेल १७–१७ ओभरकोे हुनेछ । काठमाडौंका खेलाडीले पारिश्रमिक नपाएपछि क्रिकेट नखेल्ने शर्त राख्दै आएका छन् ।
मंगलबार विराटनगर सुपर किंग्स र काठमाडौंबीचको खेल साढे दुई घण्टा ढिलो सुरु भएको थियो । अल स्टार्सले भने घाइते लेगस्पिनर तिलकराज भण्डारीको स्थानमा ईशान पान्डेलाई मौका दिएको छ । ईशान पाण्डेले नेपाल टि२० लिगमा पहिलो खेल खेल्दैछन् । टोलीमा अन्य भने परिवर्तन छैन ।
काठमाडौंले आज गौतम केसीको स्थानमा सौरभ खनाललाई मौका दिएको छ । विष्फोटक ब्याटर सौरभ खनाल यसअघि सबै खेलमा बेन्चमा थिए । लुम्बिनी ८ खेलमा ७ मा जित र १ मा हारसहित १४ अंकका साथ शीर्षस्थानमा छ । काठमाडौं ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छन् ।
काठमाडौं प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), लोकेश बम (विकेटकिपर), बसिर अहमद, कमलसिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सुनम गौतम, विरनदीप सिंह र एलेक्स ब्लेक ।
लुम्बिनीको प्लेइङ ११ : दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, कुशल भुर्तेल, गुलशन झा, योगेन्द्रसिंह कार्की, किशोर महतो, ईशान पाण्डे, लाहिरु मिलान्था, ह्यारी टेक्टर, विपुल शर्मा र हरमीत सिंह ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]