2 years ago
January 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा सहभागी हुन इंग्ल्यान्डबाट आएका एलेक्स ब्लेकले हालसम्म टोलीको मालिक नभेटेको र कुनै रकम पनि प्राप्त नगरेको बताएका छन् ।
काठमाडौंका लागि उच्च प्रदर्शन गरिरहेका ब्लेकले विराटनगर सुपर किंग्सविरुद्ध जितपछि आफ्नो अवस्थाबारे बताए । ‘ हामीले अहिलेसम्म केहि पनि पाएका छैनौं । के भइरहेको छ पनि थाहा छैन । क्रिसमसको समयमा परिवार छोडेर क्रिकेट खेल्न आएका छौं र केहि नपाउँदा चिन्ता लागेको छ । हामीले अब क्रिकेट खेल्ने र के हुन्छ हेर्ने नै हो,’ ब्लेकले भने ।
इंग्ल्यान्डको घरेलु क्रिकेटमा पहिचान बनाएका ब्लेकले आफूसँगै टोलीका कुनैपनि खेलाडीले टोलीको मालिकलाई नभेटेको बताए । ‘व्यक्तिगत रुपमा मैले भेटेको छैन । मलाई लाग्छ हाम्रो टोलीको कसैले भेटेको छैन । हामीलाई थाहा छैन के अवस्था छ । को हुन् भन्ने नै थाहा छैन,’ ब्लेकले थपे ।
मंगलबार विराटनगर र काठमाडौंको खेल झन्डै २ घण्टा ढिलो सुरु भएको थियो । ब्लेकले खेलाडीले त्यसबारे प्रष्ट थाहा नभएपनि सकेसम्म विवाद समाधान गर्नु उचित हुने बताए । उनले नेपाल क्रिकेट संघ (क्यान) ले आज साँझसम्म विवाद समाधान गर्ने भएकाले आफ्नो ठाउँबाट खेल्न तयार रहेको बताएका छन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]