2 years ago
January 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हरमीत सिंह चल्दा लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्सलाई १ सय ७९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अल स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । लुम्बिनीका ओपनर हरमीत सिंहले ४७ बलमा ५ चौका र ६ छककासहित सर्वाधिक ७३ रन बनाए । हरमीत स्पिनर शराफुद्दिन सिंहको बलमा एलबीडब्लू आउट भएका थिए।
ओपनर लाहिरु मिलान्था र हरमीतले पहिलो विकेटका लागि ११.१ ओभरमा ७७ रनको साझेदारी गरेका थिए । मिलान्था ३२ बलमा २ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । मिलान्था स्पिनर ललित नारायण राजवंशीको बलमा मोहम्मद आदिलबाट क्याच आउट भए ।
कुशल भुर्तेल १० बलमा २ छक्कासहित १७ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी १४ र गुलशन झा ८ रनमा आउट भए । विपुल शर्मालाई जितेन्द्र मुखियाले शून्यमा बोल्ड गरे ।
ह्यारी टेक्टर १५ बलमा १ चौका र १ छक्कासहित १८ रनमा अविजित रहे । अनिल शाह ३ बलमा १ चौका र १ छक्कासहित १० रनमा अविजित रहे । जनकपुरका शराफुद्दिन अशरफले ३ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जितेन्द्र मुखिया, समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले एक एक विकेट लिए ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]