default_image

2 years ago

January 3, 2023

खेल सुरु हुन नसकेपछि दुबै टोली बैठकमा

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेलमा खेलाडीीले टस नै गर्न नमानेपछि दुबै टोली बैठकमा छन् । निर्धारित समय अनुसार टस बिहान ८ः३० मा हुनुपर्ने हो । तर खेलाडीले त्यसअघि टोलीहरुले टसको लागि खेलाडीको प्लेइङ-११ भर्नु पर्ने हुन्छ । तर दुवै टोलीले टसको लागि कागज नै लिन मानेनन् ।

दुवै टोलीका खेलाडी मैदानमा भएपनि टस नै गर्न नमानेका हुन् । टियु एन्डतर्फ अहिले दुबै टिमका खेलाडी, नेपाल टि२० गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्त मल्ल, नेपाल टि२० लिग प्रतियोगिता निर्देशक तथा क्यानका महाप्रबन्धक वृतान्त खनाल, क्यानका क्रिकेट म्यानेजर विनोद दास, कोषाअध्यक्ष रोशनसिंह, म्याचअफिसल लगायतहरुको बैठक भएको छ । लामो समयदेखि बैठक गरि रहेका छन् ।

खेलाडीहरुले पारिश्रमिक नपाएपछि नखेल्ने निर्णय लिएको एक खेलाडीले जानकारी दिए । सम्झौता अनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भएपनि हालसम्म खेलाडीले कुनै रकम पाएका छैनन् । पोखराका खेलाडीले भने दुई किस्तामा ५० प्रतिशत रकम पाइसकेका छन् ।

आयोजक सेभेन थ्रि स्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया सम्पर्कमा छैनन् । त्यस्तै फार वेस्ट युनाइटेडका मालिक पनि सम्पर्कमा नभएको बुझिएको छ । जनकपुर र विराटनगरका खेलाडीले पनि आफ्नो टिम मालिक सम्पर्कमा नरहेको बताएका छन् ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.