default_image

2 years ago

January 3, 2023

कमेन्टेटर तिमल्सिनाले भने – ‘नेपाल टि२० मा मिलेमतो थियो’

406 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिनाले लिगमा मिलेमतो भइरहेको बताएका छन् । उनले सामाजिक संजालमार्फत आफ्नो धारणा प्रस्तुत गरेका हुन् ।

लामो समयदेखि नेपाली क्रिकेटमा कमेन्ट्री गरिरहेका तिमल्सिनाले लिगमा विदेशी कप्तान लगायत प्रतियोगिताको आयोजना पक्षमा नै प्रश्न उठाएका हुन् । उनले कतिपय विदेशी खेलाडीले खेल भावना विपरित प्रदर्शन गरेको लगायत विषयमा बोलेका छन् । उनले आफू आजको दिनदेखि लिगमा संलग्न नहुने पनि जनाएका छन् ।

लिगमा १० दिन कमेन्ट्री गरेका तिमल्सिनाले खेल दौरान धेरै क्षण शंकाको घेरामा रहेको बताए । उनले जनकपुरका कप्तान ट्रेभन ग्रिफिथ, पोखराका आमिर हम्जा लगायत खेलाडीहरुको उदाहरण दिँदै उक्त घटना सामान्य नरहेको बताए । उनले लिगमा अन्य क्षणबारे आफूलाई थाहा भएको र एन्टी करप्सन युनिटलाई जानकारी दिएको जानकारी दिए ।

कमेन्टेटर तिमल्सिनाको भिडियो :

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.