default_image

2 years ago

January 2, 2023

सन्दीपको उत्कृष्ट ब्याटिङ

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर सन्दीप जोराको उत्कृष्ट प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई १ सय ६२ रनको मध्यम लक्ष्य दिएको छ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । जनकपुरको लागि सन्दीप जोराले ३२ बलमा १ चौका र ५ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए । जोराले ३० बलमा जारी प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक प्रहार गरे ।

यसअघि पनि जोराले युनाइटेडविरुद्ध ५४ बलमा ७७ रन बनाएका थिए । पहिलो विकेटका लागि कप्तान ट्रभन ग्रिफिक र शराफुद्दिन असरफले ५२ रनको साझेदारी गरेका थिए । ग्रिफिकले २२ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा आउट भए । असरफ २० बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

विकेटकिपर चाडविक वाल्टन १९ बलमा २ चौका र १ छक्कासहित २४ बलमा भुवन कार्कीको बलमा आउट भए । राजेश पुलामी मगरले १६, पवन सरार्फ ९ र खडक बोहराले २ रन बनाए ।

फार वेस्ट युनाइटेडका प्रकाश जैशीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । भुवन कार्कीले २ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिए । नुर अहमदले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.