default_image

2 years ago

January 2, 2023

अफगानी युवास्टार नुरले नेपाल टि२० लिग खेल्दै

311 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका युवा स्पिन अलराउनडर नुर अहमदले आज नेपाल टि२० लिग खेल्दै छन् । नुर अहमदले फार वेस्ट युनाइटेडबाट जनकपुर रोयल्सविरुद्ध डेब्यू गरेका छन् । टियु क्रिकेट मैदानमा भएको टसमा फार वेस्ट युनाइटेडले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

१७ वर्षीय बायाँ हाते स्पिनर नुरले अफगानबाट एक ओडिआई र एक टि२० आई खेल खेलेका छन् । राशिद खान, मुजिब उर रहमान र मोहम्मद नाबीको छायाँको कारण अफगानस्थानको टोलीमा मौका पाउन सकेका छैनन् । तर उनले विदेशी फ्रेन्चाइज लिगमा भने सानदार प्रदर्शन गर्दै आएका छन् । तल्लोक्रममा राम्रो ब्याटिङ समेत गर्दछन् ।

फार वेस्टले हरिशंकर शाह र हासिम अन्सारीलाई बेन्चमा राखेको छ । पाँच खेलपछि पहिलो पटक चार विदेशी खेलाडी खेलाएको छ । फार वेस्टको टोलीमा श्रीलंका अलराउन्डर मिलान्डा सिरिवर्धनलाई पनि डेब्यू दिएको छ । मिलान्डाले स्पिन बलिङसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दछन् । उनले श्रीलंकाबाट पाँच टेस्ट, २७ ओडिआई र २२ टि२० आई खेल खेलेका छन् ।

जनकपुरको टोलीमा भने नेपालका आक्रामक फिनिसर मोहम्मद आदिल आलम बेन्चमा छन् । उनी पूर्णरुपमा फिट नभएपछि विश्राम दिएको छ । उनको स्थानमा राजेश पुलामी मगर खेलेका छन् । टोलीमा अन्य भने परिवर्तन छैन ।
जनकपुर ६ खेलमा ४ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ । फार वेस्ट युनाइटेड ५ खेलमा १ मा जित र ४ मा हारसहित पुछारमा छ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.