default_image

8 years ago

December 28, 2016

क्रिकेटको विभागिय प्रतिस्पर्धामा एपिएफ विजयी

103 views

0 Bookmark

दिपेन्द्र पोखरेल – बिराटनगर – सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको क्रीकेटमा आज समुह चरणका खेलहरु सकिएका छन । कम स्कोर भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले मध्यमाञ्चलसँङ ९ रनले पराजयको सामना गर्‍यो भने दोस्रो खेलमा दुइ बिभागिय टोलिबिचको प्रतिस्पर्धमा एपिएफले आर्मिलाई २८ रनले पराजित गर्‍यो ।

apf-cricket

पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा सबै विकेट गुमाउदै १२० रन जोड्न सफल भयो । मध्यमाञ्चलकलागी प्रकास भुझेलले सर्वाधिक २५ रनको योगदान दिए । १२१ रनको सानो लक्ष्य बोकेको नेपाल प्रहरिले ११ रनमा आफ्नु सम्पुर्ण विकेट गुमायो । ओपनर सुनिल धमलले ४४ रन बनाए र योगेन्द्र कार्कीले २० बाहेक कसैले महत्वपूर्ण योगदान दिना सकेनन । नेपाल प्रहरी क्लबका ५ खेलाडी रन आउट भएका थिए ।

दोस्रो खेलमा करण केसिको अल राउण्ड प्रदर्शनमा नेपाल सशस्त्र प्रहरी बल(एपिएफ)ले त्रिभुवन आर्मिलाई २८ रनले पराजित गर्दै समुह बिजेता भयो । पराजय भोगेको नेपाली शेना भने समुह उपबिजेता हुँदै सेमिफाइनल प्रवेश गर्‍यो ।

पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १६५ रन बनायो । ४ रन हुँदा सुबास खकुरेललाई गुमाएको एपिएफले आसिफ शेख(३९) र प्रदिप ऐरी (४७) बिचको ६६ रनको साझेदारिमा स्थिती सम्हाल्यो ।  त्यस्तै करण केसिले २५ बलमा ४ चौका र २ छक्काको मद्धेतले ४६ रन जोडे भने कप्तान पारले ८ बलको सामना गर्दै २० रन बनाएर अभिजित रहे । जबाफमा आर्मी १८औ ओभरमा सबै विकेट गुमाउदै १३७ रनमा समेटियो । १२ ओभर सम्म ९९-२को बलियो अवस्थामा रहेको आर्मिले अन्तिम ७ रन जोढ्दा आफ्नो ७ विकेट गुमायो ।

एपिएफका लागी भुवन कार्किले ३ विकेट लिए भने करण केसी र बसन्त रेग्मिले २-२ विकेट लिए ।

समुह बिजेता एपिएफले पहिलो सेमिफाइनलमा मध्यमाञ्चलको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा आर्मिले नेपाल पुलिस क्लबको सामना गर्ने छ ।

February 22, 2025

इंग्लिसको शतकमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्डको हार

एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]

February 22, 2025

कैलाली प्रिमियर लिग – भिमदत्त र त्रिवेणी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]

February 22, 2025

डकेटको कीर्तिमानी शतकमा अस्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार […]

Success

Thank you for your time.