default_image

2 years ago

January 1, 2023

उत्कृष्ट बलिङसँगै अल स्टार्स प्लेअफमा

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उत्कृष्ट बलिङसँगै लुम्बिनी अल स्टार्स नेपाल टि२० लिगमा छैटौं जितका साथ प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । लुम्बिनीले विराटनगर सुपर किंग्सलाई १२ रनले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो ।

जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १ सय १० रनमा अल आउट भयो । विराटनगरका अर्जुन साउदले ४५ बलमा ४ चौकासहित सर्वाधिक ४१ रनमा आउट भए । अर्जुन ह्यारी टेक्टरको बलमा बोल्ड आउट भए ।

अर्जुन बाहेक अन्य ब्याटर भने क्रिजमा टिक्न सकेनन् । ओपनर गौरांशु शर्मा १२ बलमा २ चौकासहित १२ रनमा स्टम्पिङ आउट भए । पहिलो विकेटका लागि अर्जुन र गौरांशुले ४१ रनको साझेदारी गरेका थिए । गौरांशु दीपेन्द्रसिंह ऐरीको बलमा स्टम्पिङ हुन पुगे । त्यसपछि विराटनगरले लगातार विकेट गुमायो ।

स्पिनर तिलक भण्डारीले रोहित पौडेललाई तीन रनमा एलबीडब्लू आउट गरे । तिलकले पाकिस्तानी ब्याटर हुसेन तालतलाई दुई रनमा बोल्ड गरेपछि खेलमा लुम्बिनी हाबी बनेको थियो । पृथु बास्कोटा ह्यारी टेक्टरकै बलमा ११ रनमा स्टम्पिङ आउट भए । विराटनगरलाई अन्तिम ११ बलमा २७ रन चाहिँएको थियो ।

विवेक यादवले किशोर महतोलाई दोस्रो बलमा चौका र तेस्रो बलमा छक्का हानेपछि ९ बलमा १७ रन चाहिँएको थियो । तर विवेक चौथो बलमा डिप मिडविकेटमा ह्यारी टेक्टरबाट क्याच आउट भए । त्यसपछि समस्यामा परेको थियो । अन्तिम ओभरमा दुई रन लिनेक्रममा नन्दन यादव दुई रन लिनेक्रममा रन आउट भएपछि अन्तिम ६ बलमा जितको लागि १३ रन चाहिँएको थियो ।
अन्तिम ओभर लुम्बिनीले साड्ली भान स्केलक्किकलाई बलिङ दिएको थियो । पहिलो बलमै प्रदीप ऐरी अघि बढेपनि एज लागेर थर्डमा क्याच आउट भए । प्रदीप ऐरीको विकेटसँगै लुम्बिनीको जितको सम्भावना बढेको थियो । सूर्य तामाङलाई त्यसपछि दोस्रो डट राख्दा तेस्रो बलमा दीपेन्द्रले क्याच लिँदै विजयी भयो । विराटनगरले अन्तिम चार विकेट मात्रै तीन रन जोड्दा गुमेपछि हार बेहोर्न पुगेको हो ।

तिलकराज भण्डारीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । ह्यारी टेक्टरले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । साड्ली भान स्केलक्किकले १.३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । किशोर महतोले एक विकेट लिए ।

त्यसअघिटियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरी ४२ बलमा ६ चौकासहित सर्वाधिक ५० रनमा अविजित रहे । खराब ब्याटिङ गर्नेक्रममा लुम्बिनीका ६ खेलाडीले दोहारो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीले अन्तिम ओभरमा तीन चौकासहित कुल १७ रन जोडेको थियो । त्यहिँ १७ रन जोडेपछि दीपेन्द्रले अर्धशतक पूरा गरेका थिए । १९ औं ओभर सकिँदा दीपेन्द्रले ३६ बलमा ३३ रन मात्रै बनाए थिए । तीव्र गतिका बलर नन्दन यादवले दोस्रो ओभरको दोस्रो बलमा हरम्रीसिंहलाई दुई रनमा हुसेन तालतबाट क्याच आउट गराए ।

यसै ओभरको पाँचौं बलमा लाहिरु मिलान्था एक रनमा विकेटकिपर अर्जुन साउदबाट क्याच आउट हुन पुगेका थिए । कुशल भुर्तेल १३ बलमा २ चौकासहित १३ रनमै आउट भए । राज नन्ननको आठौं ओभरको पहिलो बलमा प्रमुख ब्याटर ह्यारी टेक्टर १३ रनमा अर्जुन साउदबाट क्याच आउट भए ।

सूर्य तामाङले योगेन्द्रसिंह कार्कीलाई दुई र साड्ली भान स्केलक्किकलाई ८ रनमा आउट गरेपछि लुम्बिनी ६०–६ को दयनीय अवस्थामा पुगेको थियो । अनिल शाह १२ बलमा १३ र गुलशन झा ५ रनमा आउट भए ।

विराटनगरका तीव्र गतिका बलर नन्दन यादवले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । बायाँ हाते स्पिनर सूर्य तामाङले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । विवेक यादवले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए । केओन जोशेफ र राज नन्ननले एक एक विकेट लिए ।

अंक तालिका
लुम्बिनी ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ । विराटनगर ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा छ । फार वेस्ट युनाइटेड ५ खेलमा १ मा जित र ४ मा हारसहित पुछारमा छ । युनाइटेड र विराटनगर मध्य अव एक टोलीमात्रै १२ अंकमा पुग्ने हुँदा लुम्बिनीको प्लेअफ पक्का बनेको हो । पोखरा भने बाँकी तीन खेल जित्दा १० अंक सम्म मात्रै पुग्न सक्छ ।

जनकपुर रोयल्स ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । काठमाडौं ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ । पोखरा ७ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ ।

January 7, 2025

एन्फा महिला लिग – पुलिससँग भिड्दै बागमती

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज बागमती युथ क्लब विभागीय टोली नेपाल पुलिस क्लबसँग भिड्दै छ । सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा १ जित र १ बराबरीको साथ पुलिस दोस्रो स्थानमा छ । सुरुवाती दुवै खेलमा पराजित बागमती अंक बिहीन रुपमा तालिकाको चौथो स्थानमा […]

January 6, 2025

पिएम कप महिला क्रिकेट – उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचमा हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार कैलालीको फाप्ला क्रिकेट मैदानमा माघ १ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ […]

January 6, 2025

साहबको कीर्तिमानी बलिङका बाबजुद बराबरीमा रोकियो आर्मी

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले कीर्तिमानी बलिङ गरे पनि त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ । जय ट्रफी मेन्स एलिट कपको सोमवार सकिएको विभागीय डर्बी बराबरीमा सकिएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेट गुमाएर ८८ रन जोडेको थियो । पुलिसका लागि अमित श्रेष्ठले […]

Success

Thank you for your time.